Suvadin, Home
Nepal life 2.6M

पाँच करोड रकम खर्चेर सन्नी लियोनको नेपाली अाइटम डान्स छायाँकन हुँदै

अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतमा नेपाली फिल्म क्षेत्रमा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको गीत हो। भारत र बेलायतका नृत्याङ्गनाहरु गरेर २ सय जनाले डान्स गरेका छन्। 

काठमाडाैं, २० मंसिर – बलिउड अभिनेत्री सन्नि लियोनले नेपाली फिल्म ’पासवर्ड’ मा अाइटम डान्स गरेकी छिन्। लण्डनमा छायाँकन गरिएको फिल्म ’पासवर्ड’ को आइटम गीतमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्चेको हो।

फिल्ममा ’सन्नि हो नाम मेरो...’ बोलको गीतमा सन्नले अाइटम डान्स गरेकी हुन्। यस गीतलार्इ बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन्। अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतमा नेपाली फिल्म क्षेत्रमा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको गीत हो। भारत र बेलायतका नृत्याङ्गनाहरु गरेर २ सय जनाले डान्स गरेका छन्। 

सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन्। साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्निसँगै लण्डन पुगेका थिए। फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तश्विरहरु भने ’रिभिल’ गरेको छैन। 

फिल्मका निर्देशक सम्राट बस्नेतले ’पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए। २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन। यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्। एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन्।


 

More form the Internet

loading...