Suvadin, Home

सृजना कथा
‘छाउघर’ की कलाको ‘विद्रोह’ अनि उपन्यासकार सरगमको ‘आँट’

छाउपडी प्रथाले महिला पीडित मात्र होइन् उनीहरुलाई यातना हुने गरेको भान भएपछि सरगमले आख्यान्न लेख्ने सोच बनाए। दर्दनाक पीडालाई आख्यान्नमा उतार्ने सोच बनाए, उनले र, उनी २०६९ मा  हिँडे सुदूरपश्चिमका ९ वटै जिल्लामा। ९ जिल्ला घुम्दा सरगरमले यतिसम्म देखेकी–पहिलो पटक महिनावारी भएका किशोरीलाई २२ दिनदेदि एक महिनासम्म गोठमा राखेको देखे।  ठाउँअनुसार फरकफरक पाए।’ 
लेखक राज सरगम र ‘छाउघर’ उपन्यास।

काठमाडाैं, साउन २–विशेषगरी, सुदूर र मध्यपश्चिममा व्याप्त छाउपडी कूप्रथाका कारण कयौं महिलाले अकालमै ज्यान गुमाउनु परेको छ। कतिको ‘छाउगोठ’ निसास्सिएर ज्यान गएको छ, भने कयौं सर्पदंशका सिकार बनेका छन्।

गत पुसमा ‘छाउघर’ उपन्यास प्रकाशनमा ल्याएका राज सरगम पनि ‘छाउपडी’ कूप्रथाको समाजवाट टाढा छैनन्। कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि छाउपडी व्याप्त छ।  सरगमकै भाषामा पुनर्वास क्षेत्रमा छाउपडी न्यूनिकरण हुँदै गएको छ। तर, निर्मूल भने भइसकेको छैन।’ कतिसम्म भने सरगमकै घरमा थियो, छाउप्रथा। तर, अहिले परिवर्तन भएको उनी बताउछन्।

छाउपडीविरुद्ध सरकारी तथा गैरसकारी निकायले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरेहका बेला सरगमले भने ‘छाउपडी प्रथा’को चित्र उतारे ‘छाउघर’ मार्फत। छाउपडीविरुद्धको सचेतनालाई वकालत गर्ने उपन्यास हो, ‘छाउघर।’
‘छाउघर’ महिलापात्र समावेश छन्। मुख्य पात्र म पात्र हुन्, अर्थात कला। 

१२ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुँदा कला २२ दिनसम्म घर बाहिर गोठमा बस्छिन्। तर, कलाले विद्रोह गर्छिन– ‘महिनावारी भएकालाई गोठमा राख्नुहुन्न’ भनेर। हजुर बुवाले नमान्दा ती बालिका घरबाट नै भाग्छिन्।

‘महिलाको विचार र विद्रोहलाई उठाने कोशिष गरेको छु,’ सरगम भन्छन्। र, सरगमले आँट गरेका छन्। कतिसम्म भने उनले आफ्नै बहिनी महिनावारी भएका बेला भोग्नु परेको पीडा ‘छाउघर’मा समावेश गरेका छन्।

महिलाकाे दर्दनाक पीडा आख्यान्नमा 
छाउपडी प्रथाले महिला पीडित मात्र होइन् उनीहरुलाई यातना हुने गरेको भान भएपछि सरगमले आख्यान्न लेख्ने सोच बनाए। दर्दनाक पीडालाई आख्यान्नमा उतार्ने सोच बनाए, उनले र, उनी २०६९ मा  हिँडे सुदूरपश्चिमका ९ वटै जिल्लामा। ९ जिल्ला घुम्दा सरगरमले यतिसम्म देखेकी–पहिलो पटक महिनावारी भएका किशोरीलाई २२ दिनदेदि एक महिनासम्म गोठमा राखेको देखे।  ठाउँअनुसार फरकफरक पाए।’ 
र, २०७० को अन्तिमतिर लेखे सरगमरले, कहिले काठमाडौं र त कहिले गृहक्षेत्रमा बसेर। ‘लेखेर मात्र नहुँदो रहछ,’ उनले भने, ‘चुस्तदुरुस्त बनाउन कयौं पटक पुनर्लेखन गरें। आञ्चालिकताको कारण पुनर्खाेजमा पनि मिहिनेत गरें।’ 
तीन–साढे तीन वर्ष लगाए, सरगमले उपन्यास लेख्न।

उपन्यास सार्वजनिक भएपछि सरगरमलाई कयौंले प्रश्न गरे पुरुष भएर ‘छाउपडी घर’ लेख्न गाह्रो भएन? 

सरगमको एउटै उत्तर हुन्छ–‘छाउघरमा बस्ने महिला तिनै आमा, दिदीबहिनी हुन्। हामी त्यही परिवेशमा हुर्केका हौं। त्यही भएर लेख्न सहज बनाएको हो।’ तर, मनोविज्ञान उतार्न भने कठिन नै हुने उनी सुनाउछन्। अध्ययन पनि महत्वपूर्ण हुने उनी बताउछन्। 
‘छाउघर’ लेख्न गाह्रो थियो, सरगमलाई। तर, पुरुषले महिलाबारे लेखेर न्याय गरिन्न भन्नेको जमातमा जमर्काे गरेको उनी सुनाउछन्। 

किशोरी पहिलोपटक महिनावारी हुँदा र त्यस पश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर, गोठमा राखिन्छ। उनीहरू त्यो समय पौष्टिक खानाजस्तै दुध, घिउ, माछा, मासुबाट बञ्चित हुन्छन्।  

मदन पुरस्कार सूचीले झनै चर्चा
सुदूरपश्चिमको सामाजिक प्रथा छाउपडीमाथि लेखिएको  उपन्यास ‘छाउघर’ गत पुस ५ गते सार्वजनिक गरिएको थियो, काठमाडौंमा।

लेखक अमर न्यौपाने, कलाकार तथा अभिनेता हरिवंश आचार्य र पूर्व मिस नेपाल माल्भिका सुब्बाले उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका थिए। 

यो बीचमा उपन्यासको  चर्चा नभएको होइन्।  सामाजिक विषयमा लेखिएको उपन्यास भएकाले पनि कयौंका आँखा ‘छाउघर’ पर्यो। तर, असार २५ गते  मदन पुरस्कार गुठीले यस बर्षका लागि ‘श्रेष्ठ नौ पुस्तक–२०७३ ’ सार्वजनिक गरेपछि सरगमको ‘छाउगोठ’ पनि पर्यो। अहिले उनी मिडियामा छाएका छन्।  ‘छाउघर’को चर्चा बढेको छ।  ‘छाउघर’ ले नै अाफूलार्इ लेखककाे रूपमा चिनाएकाे राज बताउछन्।

फाइनप्रिन्टले बजारमा ल्याएको पुस्तकको दोस्रो संस्कर बजारमा ल्याउदैछ। 

समाज परिवर्तनसँगै केही सुधार
आम मान्छले अझै छाउपडीबारे बुझ्न नपाएको सुरगमको ठम्याइ छ। तर, तुलनात्मक रुपमा भने कूप्रथा न्यूनिकरण भइरहेको उनी बताउछन्। 

घटनामा त कमि आएका छैनन् नि? सरगम भन्छन्, ‘हो घटना बाहिर आउने क्रम बढेको छ। तर, पहिले भन्दा न्यूनिकरण नभएको भन्ने पटक्कै होइन्।’ सञ्चारकोे विकास र सचेतनाका कारण घटना बाहिर आएपनि तुलनात्मक रुपमा घटनामा कमी आएको उनी सुनाउछन्। ‘पहिले छाउगोठमै कयौंले ज्यान गुमाउनु पर्थ्यो।तर, ती घटना घर समाजमै लुकाइन्थ्यो,’ उनले भने।

जसरी सरकारले खुलादिसामुक्त घोषणा अभियान सञ्चालन गरिरहेको छ, त्यसैगरी छाउपडीमुक्त गाउँ घोषणाको अभियान थाल्नु पर्ने उनी बताउछन्।
 
को हुन् सरगम?
२०४० मा कञ्चनपुरको पुनर्वासमा जन्मेका राज सरगम लेखक एवं निर्देशक हुन्। सरगमले आफ्नो बाल्यकाल पुनर्वासमा बिताए। हाल काठमाडौंको चावहिलमा बसोबास गरिरहेका सरगमले आफनो स्नातक तह  कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट पूरा गरे।

सानैबाट लेख्न र पढ्न रुचाउने सरगमले कक्षा ९ र १० मा अध्ययन गर्दा कविता लेख्ने गर्थे। यही रुचीलाई अहिले उनले अंगालेको छन्। ३२ वर्ष पुगेका सरगम विवाहित हुन्। श्रीमती दुर्गा लामिछाने र सरगमको दस महिनाको छोरा शुभमश्री लामिछाने छन्।        नाटक लेख्न र हेर्न रुचाउने सरगम सकेसम्म थिएटरमा लागेका नाटक हेर्न छुटाउँदैनन्। नेपाली चलचित्र ‘मेरो मान्छे’, ‘चाल’, ‘तिम्रो मन बदलेछ’ का लेखक पनि हुन् सरगम। केही फिल्मको निर्देशन गरेका छन्।  

सरगमको पहिलो उपन्यास हो चिम्नी भने दोस्रो हो छाउघर। उनको छाउघर प्रकाशित भएपछि छाउपडीजस्तो कुप्रथाबारे सबै सचेत भएका छन्। उपन्यास अगाडि उनले गजल संग्रह प्रकाशन गरेका छन्।   


 

More form the Internet

loading...