सृजना कथा
दार्जिलिङमाथि एउटा कविता
हाम्रै देश समान उर्लिरहने सौन्दर्यको छाल छ।
बस्छन् भारतमा तथापी मनमा नेपाल, नेपाल छ।।
–सुदेश सत्याल
यो कबिता मैले तीन वर्ष अघि लखेको हुँ। दार्जिलिङ घुम्न गएको बेला मलाई आफ्नै देश जस्तो लाग्यो। मैले महसुस गरे की म आफ्नै देशमा आएको छु। विर गाेर्खालीहरूले नेपालकाे भुभाग पुर्वमा टिष्टा देखि पश्चिममा काँगडासम्म फैलाएका थिए। दार्जिलिङ पनि त्यसै अन्तर्गतकाे भु भाग थियाे। अर्थात प्राचिन नेपाली भुभाग।
दार्जिलिङमा जादा मलाई थाहा भयो मेरो देश कति विशाल रहेछ । कस्तो रैछ । कहाँकहाँसम्म नेपालको भू भाग रैछ । त्यहाँकाे भाषा, संस्कृती मानिसहरूसँग साक्षात्कार हुदाँ दार्जिलिङ सिङगो नेपाल नै हो जस्तो लाग्यो।
दार्जेलिङ घुम्न जाँदा नेपाली सीमा पार गरे। मैले चौबन्दी पटुकीमा सजिएकी दिदीबहिनीलाई देखे । नेपालको कला संस्कृती पहिचानलाई उनीहरुले जोगाएको देखे। मैले त्यहाँ र उनीहरुमा सिङगो नेपाल देखे। मलाइ त्यसले छोयो र मैले कविता लेख्न सुुरु गरे।
कविता सुरुमा त एकै बसाइँमा लेखेको हँ। तर, ४–६ पटक इडिट गरे।
हामीले हाम्रो कला संस्कृतिलाइ विर्से पनि दार्जिलिङले हाम्रो कला संस्कृति र पहिचानलाई जोगाइरहेको छ । कला र संस्कृति भनेको पहिचान हो गौरब हो । यसलाई जिवन्तता दिनुपर्छ। हामीले पनि आफ्नो कला संस्कृति र पहिचानलाई बिर्सनु हुँदैन।
जोगाइ राख्नुपर्छ भन्ने भावना बोकेको छ, यो कबिताले। भूभाग फेरिदैमा संस्कृति फेरिँदैन। दार्जिलिङ पहिले नेपालकै भूभाग थियो। नेपाल विशाल महान रहेछ भन्ने सन्देश दिन खोजेको छु।
कविता सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया आइरहेको छ। कवितामा राम्रा विम्ब प्रयोग गरिएकिा छन् भन्ने प्रतिक्रिया पाइररहेको छु। शुभदिनका लागि अंगद सिंहले गरेकाे कुराकानीमा अाधारित।
हेर्नुहाेस कविता