Suvadin, Home

सृजना कथा
युवतीको सुन्दरतामाथि चित्रण गरिएको गीत ‘आइ लभ यू’

डीपी भन्छन्, ‘मोर्डन टाइपको गीत लेखिदिन भनेपछि मैले दुई दिनमै गीत लेखे।’ करिव ६ महिना अगाडि गीत लेख्दाको स्मरण सुनाउदै डीपीले गीत रेकर्ड गर्दाको अघिल्लो दिन भने दोस्रो अन्तरा परिवर्तन गरिएको सुनाए। स्टुडियोमै बसेर गीत लेखे डीपीले। तर, कुनै एक सुन्दर युवतीलाई कल्पिएर। आफूलाई म पात्र बनाए अनि सुन्दर युवतीको हाउभाउसँगै चित्रण गरे डीपीले।
गीतकार डीपी खनाल।

काठमाडाैं, साउन १२–नेपाली गीतसंगीतलाई आधुकितालाई छोएपनि मौलिकतााबाट पूरै टाढा भने हुन सकेको छैन। 

पछिल्लो समयमा आधुनिकता (मोर्डन) गीतसंगीतमा पनि पूराना मौलिक भाकालाई जोड्ने प्रचलन बढ्दै गएको छ। नयाँ प्रस्तूतिमा पूराना भाकाका टुक्का जोड्दा युवापुस्ता पनि त्यसतर्फ आकर्षित भइरहेका छन्। 

यसैबीच, ‘आइ लभ यू’ गीतको भिडियो सार्वजनिक भएपछि ‘झ्यानाकुटी झ्यानाकुटी’ अन्तरा फेरि युवा पुस्ताको मुखमा झुण्डिन थालेको छ। गीतकार डीपी खनाल भन्छन्,‘गीत आधुकितामा आधारित हो। तर, नेपाली एवं मौलिक पन दिन ‘झ्यानाकुटी झ्यानाकुटी’ अन्तरा जोडिएको हो।’  ‘झ्यानाकुटी झ्यानाकुटी’ स्वः गायक लालबहादुरको गीतको रहेको उनले बताए। 

मनोरञ्जनात्मक एवं आधुनिक शैलीको भनिएको गीत लेख्न डीपीलाई कति समय लाग्यो होला?

डीपी भन्छन्, ‘मोर्डन टाइपको गीत लेखिदिन भनेपछि मैले दुई दिनमै गीत लेखे।’ करिव ६ महिना अगाडि गीत लेख्दाको स्मरण सुनाउदै डीपीले गीत रेकर्ड गर्दाको अघिल्लो दिन भने दोस्रो अन्तरा परिवर्तन गरिएको सुनाए। स्टुडियोमै बसेर गीत लेखे डीपीले। तर, कुनै एक सुन्दर युवतीलाई कल्पिएर। आफूलाई म पात्र बनाए अनि सुन्दर युवतीको हाउभाउसँगै चित्रण गरे डीपीले।

डीपीले ती युवतीको सुन्दरतामाथि मात्र वर्णन गरेनन् उनको हेराई, हिँडाईसँगै हिप्सदेखि लिप्सको चित्रण गरे। डीपी सम्झन्छन्, ‘मेकअप गरेकी सुन्दर युवती कल्पिए अनि लच्किलो हिप्स र पिंक लिप्सको वर्णन गरे। उनको हाउभाउको वर्णन गरे।’ डीपीले शव्दबाटै भने–आइ लभ यू सो मच।’ 

युवकले युवतीसँग गर्ने प्रेम भावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा  ती युवतीले पनि प्रपोज एसेप्ट गर्छिन। विकास सुवेदीले निर्देशन गरेको गीतमा सुरेश लामाको स्वर, शंकर थापाको संगीत, डीपी खनालको शब्द छ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यो गीतमा अनिल कुमार मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन छ। अमेरिकामा बस्दै आएकी दीपिका राईले भिडियोको निर्माण गरेकी हुन्। भिडियोमा मोडल पुष्पल खड्का र शर्मिला राइले मोडलिङ गरेका छन्।

डीपी आधुनिकतामा मौलिकता जोडेर गीत लेख्न सिपालु छन्। उनले दुई अघि मात्र ‘सेल्फी हानौंला’ गीत रचना गरेका थिए। जुन गीत अहिले पनि युवापुस्तामाझ लोकप्रिय छ।

केही गीतमा स्वर पनि दिएकी डीपीले रचना गरेका करिव पाँच सय गीत रेकर्ड भएका छन्।  

 


 


 

More form the Internet

loading...