Suvadin, Home

श्रृजनाकथा
एल्बम तयार भइसकेपछि थपिएको सुन्दर गीत ‘आमा’

'एल्बमका गीतहरु रिलिज हुने दिनहरु नजिकिदै थिए, सुशान्तले भने, ‘एल्बम निकाल्ने सवैतयारी पनि पुरा भइसकेकाे थियाे। तर, सुशान्तले सवै तयारी सकिसकेपछि अामाका बिषयमा पनि एक गीत थप्नुपर्ने प्रस्ताव म्युजिक एरेन्जर राहुल प्रधानसामु राखे। उनी त्यतिमै राेकिएनन्, भाेली घरबाट गीत तयार पारेर ल्याउने सम्म भन्न भ्याए। प्रधानले पनि सहमती जनाए। सुशान्त घर अाए र गितार समाए। ‘घरमा मैले गितार बजाउदै गीत शब्दहरू बुन्न थाले, खै अपत्यारिलाे ढंगबाट पैतालिस मिनेटमै मैले खाेजेकाे जस्ताे गीत बन्याे।
सुशान्त केसी।

ए लेभलको पढाईसकेपछि नवगायक सुशान्त केसीले झण्डै एक बर्ष पढाई ग्याप गरे। उनी आगामी अध्ययनकाे लागि अष्ट्रेलिया जाने तयारीमा रहेकाले उनको सो बर्ष तयारीमै बित्याे। यो अघिल्लो बर्षको कुरो हो। एकातिर उनको अष्ट्रेलिया जाने तयारी चलिरहेको थियो भने अर्कातिर उनले बाल्यकाल देखि नै रुची भएको संगित क्षेत्रमा केही नौलो गर्ने सोचिरहेका थिए।

‘एक बर्षको फुर्सदको समय थियो, सुशान्तले भने, त्यही समय मैले गीतहरु तयार पारे।’ त्यतिवेला उनले आफ्नो पहिलो एल्बम ‘ब्लु फिगमेन्ट्स’ को तयारी थालेका थिए। 'आमा' सोही एल्बमको सवैभन्दा अन्तिममा लेखिएको गीत हो। सुरुमा एल्बममा समावेश गर्ने भनिएका अन्य सवै गीतहरुको रेकर्डिङ्ग सकिसकेको थियो। लामो प्रयासपछि एल्बम तयार भएकाले उनको युनिटले राहातको श्वास फेर्याे तर, सुशान्तलाई एल्बममा कताकता के नपुगेको जस्तो लाग्यो। 

'एल्बमका गीतहरु रिलिज हुने दिनहरु नजिकिदै थिए, सुशान्तले भने, ‘एल्बम निकाल्ने सवैतयारी पनि पुरा भइसकेकाे थियाे। तर, सुशान्तले सवै तयारी सकिसकेपछि अामाका बिषयमा पनि एक गीत थप्नुपर्ने प्रस्ताव म्युजिक एरेन्जर राहुल प्रधानसामु राखे। उनी त्यतिमै राेकिएनन्, भाेली घरबाट गीत तयार पारेर ल्याउने सम्म भन्न भ्याए। 

प्रधानले पनि सहमती जनाए। सुशान्त घर अाए र गितार समाए। ‘घरमा मैले गितार बजाउदै गीत शब्दहरू बुन्न थाले, खै अपत्यारिलाे ढंगबाट पैतालिस मिनेटमै मैले खाेजेकाे जस्ताे गीत बन्याे। मैले त्यसमा त्यतिधेरै इटिड पनि गर्नुपरेन्। गीत मलार्इ पनि सारै मन परेकाे थियाे, सुशान्तले बताए।

‘संसारमा आफ्नो सन्तानलाई सवैभन्दा बढी आमाले माया गर्नुहुन्छ,’ आफ्नो अनुभव सुनाउदै सु्शान्त भन्छन्, ‘मलाई पनि आमाले औधी माया गर्नुहुन्छ र मैले पनि उहाँलाई उत्तिकै माया गर्छु। तर, मैले आमालाई कति माया गर्छु भनि कहिलै शब्दले व्यक्त गर्न सकिन् र संगीतको साहारा लिए। गीतमा मैले व्यक्तिगत रूपमा अामाकाे सम्मानमा व्यक्त गर्न खाेजेका र मेरा मनमा भएका भावहरूलार्इ पाेखेकाे छु, उनी भन्छन्, ;मैले कयौ ति सन्तानहरुको प्रतिनिधित्व गरेको छु। जसले आफ्ना आमालाई औधी माया गर्नुहुन्छ र खुलेर भन्न सक्नुहुन्न।’

उनको एल्बममा सात वटा गीतहरु समावेश छन्। जसका पाँचवटा गीत भने उनले युटुयुवमा राखे। जसमध्ये अन्तिममा तयार गरिएको आमाको भिडियो सुरूमा बनाए। भिडियाे युटुयुवमा अपलाेड भएसँगै दर्शकहरूले खुब मन पराए। युटुयवमा ट्रेडिङमा पनि रह्याे। भिडियाेकाे सरल शब्द, मिठो संगित र भावनात्मक दृश्यले धेरैकाे मन छाेएकाे उनकाे विश्वास छ। 

भिडियाे हेर्नुहाेस

 


 

More form the Internet

loading...