Suvadin, Home

#SrijanaKatha
सातबर्षपछि भरत सिटौलाको बेचैनी टूटाएकाे ‘बैशमा’

जागिरे जीवन सुरु गरेपछि स्रोतासँगको उनको कनेक्शन टुटेको थियो। जागिरका क्रममा केही चलचित्रको संगीतमा उनले काम नगरेका हैनन् तर त्यसले उनको मनको चाहलाई सम्बोधन गर्न सकेन्। कसरी म्युजिकमा पुरानै क्रेजमा पुनरागमन गर्ने होला भन्ने सोच्नेक्रममा एकदिन अफिसबाट घर फर्कने क्रममा उनलाई ‘बैशमा’ गीतमा गीतको मेलोडी फुर्यो। जसले सिटाैलालार्इ नेपाली संगीतमा पुरानै प्रभावका साथ स्थापित गर्याे। 
भरत सिटाैला।

बैंशमा म पनि घोर्ले तिमी’नि च्वाँक हुँदी हौ

अहिले त उमेर ढल्किँदै गयो, तिमी’नि छक पर्दी हौ।

‘अचानक आज तिमीलाई’, ‘माया लाउन त धेरैले लाए’, ‘कहिले आगो कहिले पानी’, तथा ‘ओ रिया’ लगायत थुप्रै नेपाली पप गीत मार्फत चर्चित बनेका गायक भरत सिटौलालाई झण्डै सात बर्ष गीतसंगीतबाट टाढा रहँदा उकुसमुकुस भएको थियो। म्युजिकमा पुरानै सेलिब्रेटी साख सहित पुनरागमन् गर्न उनलाई ‘ब्रेक’ दिने गीत चाहिएको थियो।

२०६० को दशकका सुरुवाती बर्षहरुमा नेपाली पप संगीत निकै रुचाइन्थ्यो। खासगरी युवाहरु पप गीतका नयाँ क्यासेटहरु बजारमा खोजी खोजी किन्थे। ती मध्येकै किनिने गायक मध्येका एक थिए, भरत सिटौला। तर, ६० को दशकको मध्यतिर पप संगीतको मार्केट घट्दै गएपछि धेरै पप गायक गायिकाहरु संगीतबाट पलायन हुन थाले। सोही भीडमा सिटौला पनि मिसिए। उनले म्युजिकबाट विश्राम लिदै जागीरे जीवन सुरु गरे।

संगीतले जीवन धान्नै नसक्ने बातावरण नरहेपछि उनी हिमालयन टेलिभिजनमा कार्यक्रम उत्पादनको रुपमा जागिरे भए। त्यसले जीवनको आर्थिक पाटोलाई त सम्बोधन गर्यो तर उनको मनकाे असन्तुष्टी पूरा गर्न सकेन्। संगीतलार्इ निरन्तरता दिन नपाएकाे छटपटी उनकाे मनमा रही रह्यो।

जागिरे जीवन सुरु गरेपछि स्रोतासँगको उनको कनेक्शन टुटेको थियो। जागिरका क्रममा केही चलचित्रको संगीतमा उनले काम नगरेका हैनन् तर त्यसले उनको मनको चाहलाई सम्बोधन गर्न सकेन्। कसरी म्युजिकमा पुरानै क्रेजमा पुनरागमन गर्ने होला भन्ने सोच्नेक्रममा एकदिन अफिसबाट घर फर्कने क्रममा उनलाई ‘बैशमा’ गीतमा गीतको मेलोडी फुर्यो। जसले सिटाैलालार्इ नेपाली संगीतमा पुरानै प्रभावका साथ स्थापित गर्याे। 

‘म घर जानेक्रममा बाटोमा मेरो दिमागमा यस गीतको मेलोडी र शब्द दुबै आयो,’ भरतले भने, ‘जसले मलाई पुनः पुर्णकालिन संगीत तर्फ फर्काई दिएको छ।’ यस गीतको सफलता पछि भरतले जागिर समेत छाडेका छन्। अहिले उनी पुर्ण रुपमा संगीत विधामा व्यस्त भएका छन्, मस्त भएका छन्।

बाटोमा मेलोडी र गीत आएपछि उनी त्यसलाई गुनगुनाउदै घर पुगे। घरमा पुगेर गितार समाते र मेलोडी पुर्ण बनाउँन तर्फ लागे। ‘मैले प्रारम्भिक शब्द र संगीत परिवारका सदस्यहरुलाई सुनाए, भरतले भने सवैले राम्रो भएको प्रतिक्रिया दिएपछि गीत रेकर्डिङ गर्ने निधो हुनेभयो।’

गीत लेखनको क्रम भने रेकर्डिङको अघिल्लो दिनसम्म पनि जारी रह्यो। भरत सम्झन्छन्, ‘मैले तयार पारेको मेलाडीलाई न्याय गर्ने शब्दहरु चाहिएका थिए। अहिले पो सामाजिक सञ्जालहरु छन्, जसको माध्यमबाट सजिलै माया व्यक्त गर्न सकिन्छ। पहिले माया व्यक्त गर्न अथवा डेटिङ गर्ने ठाउँहरु भनेको या त सिनेमाघर या त पार्कहरु हुन्थे। मोटरबाइक चढेर घुमफिर गर्न गईन्थ्यो। केही भन्न मन लागे अहिलेको जस्तो फेसबुकमा म्यासेज गर्ने जमाना कहाँ थियो, चिठ्ठी पठाउँनु पथ्र्यो। सँगै हिड्न पनि सामाजको डर हुन्थ्यो।’ यिनै पुराना कुराहरु स्मरण गर्दै उनले शब्दहरु तयार पारे।

रेकर्डिङ तथा मिक्सिंङका क्रममा स्टुडियोमा यो गीत बज्दा त्यहाँ हुने जोकोहीको पनि ‘बडी ल्याङग्वइज’ ले गीत राम्रो बनेको स्पष्ट बताउँथे। त्यसैले गीतलाई सवैले रुचाउँनेमा सिटौला ढुक्क थिए। ‘समय फेरिएसँगै संगीतको स्वाद पनि फेरिएको छ,’ सिटौला भन्छन्, ‘अतितका पुराना दिनलाई सम्भाउँने यस गीतलाई नौलोपन दिइएको छ। शब्द र संगीतले जो कोहीलाई पनि तान्छ।’

सिटौलाले औपचारिक रुपमा २०६० सालदेखि संगीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। यही साल उनले आफ्नो पहिलो एल्बम ‘मोडः द टर्निङ प्वाइन्ट’ ल्याएका थिए। एल्बमको ‘अचानक आज तिमीलाई’ र ‘माया लाउन त धेरैले लाए’ गीत चर्चित भएका थिए।

सोही गीतका कारण उनी हिट्स एफएमले आयोजना गर्ने म्युजिक अवार्डमा ‘बेस्ट न्यु आर्टिस्ट अफ द इयर’ को उपाधी जित्न सफल भए। २०६३ सालले आफ्नो दोस्रो एल्बम ‘म अनि तिमी’ ल्याए। त्यसमा रहेका ‘कहिले आगो कहिले पानी’ र ‘ओ रिया’ त्यसबेला निकै चलेका गीतहरु हुन्।

२०६६ सालमा ल्याएको तेस्रो एल्बम ‘महिमा’ माले अशातित् व्यापार गरेन्। किनकी त्यससमय प्राबिधीको ब्यापकताका कारण क्यासेट र सीडी बिक्न छाडेका थिए भने पप गीतमाथि आधुनिक र त्यसभन्दा पनि लोक गीतले ‘ओभरटेक’ गरिरहेका थिए।

‘बैशमा’ पछि भरतले ‘चिसो चिसो’ ल्याए। त्यो पनि पनि ठिकठिकै चल्यो। हाल भने उनी लोकशैलीको ‘फोटो’ बोलको तयारी गरिरहेका छन्। गीतको सम्पुर्ण तयारी सकिएपनि म्युजिक भिडियोको छायांकन बाकी रहेको उनले बताए। म्युजिक भिडियोको काम केही दिनमै सकाएर गीत सार्वजनिक गर्ने उनको लक्ष्य छ। 

यी श्रृजना कथा पनि पढ्नुहाेसः- 

ठमेलमा फुरेको ‘लैजाउ मायाँ पोको पारेर...’

मेकअप अार्टिस्टले काेरेकाे पहिलाे गीत नै हिट

तीन घण्टा लगाएर लेखिएकाे थियाे ‘लाइदेउ न मायाले...’ 

जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

मलेसियामा जन्मिएको रेकर्ड ब्रेकर ‘सडक’

त्यसपछि युवाहरुले भन्न थाले ‘म नेपाली....’

ज्याेति मगरकाे जन्मदिन सेलिब्रेशन गर्ने क्रममा निस्किएकाे "उही मुलाकाे चाना..."

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

छायांकनकाे अन्तिम तयारीमा रहेको गीतलाई 'आउट' गर्दै आफू ‘र्इन’ भएको गीत 

 


 

More form the Internet

loading...