Suvadin, Home

छक्कापञ्जालाई हिट बनाएको चम्पा

गीतको सफलतासँगै सुदूरपश्चिमको भाषा बिगारेर प्रस्तुत गरिएको भन्दै गीतको आलोचना पनि भयो तर गीतमा आफूले भाषालाई विगार्न भन्दा पनि टोनलाई मात्र महत्व दिएको शान्तिप्रिय बताउँछन्। गीतबारे स्पष्टिकरण दिदै निर्माता तथा कलाकार दीपकराज गिरीले ' देखेन चम्पाले डेउडा गीतको अपमान भयो भनेकाे तर चम्पा गीत डेउडा आधुनिक गीत हो भन्दै बचाउँ गरेका छन्। कथा र पात्रको माग अनुसार सुदूरपश्चिमका केही शब्दकाे प्रयाेग भएकाे भन्दै उनले स्थानिय भाषाका कतिपय मीठा शब्दहरूलाइ हाम्रो राष्टि्य भाषा संग मिलाएर आधुनिक गीत बनाउँदा झन् अपनत्व कायम हुन्छ भन्ने पबित्र उदेश्यले राखिएकाे बताएका थिए।

अघिल्लो बर्षको सर्बाधिक सफल फिल्म छक्कापञ्जा निर्माणका क्रममा फिल्ममा आवश्यकता अनुसार सदूरपश्चिमको परिवेशमा आधारित एउटा गीत आवश्यकता पर्ने भयो। 

संगीतकार दीपक शर्मा रचनाकार शान्तिप्रिय को मा आइरहन्थे। सोही क्रममा दीपक र शान्तिप्रियसँग कथालाई कस्तो गीत मेल खान्छ भन्ने छलफल भयो। कथाको परिवेश सुदूरपश्चिमेली थियो। ‘त्यसैभएर सोही ठाउँको बातावरण सुुहाँउने रोमान्टिक गीत आवश्यक थियो,’ शान्तिप्रियले भने, छलफल गर्दै गयौ सोही बसाईमा गीतको प्रारम्भिक स्वरुप तयार भयो।’

उनी गीतमा एउटा ‘क्याची’ शब्द खोजिरहेका थिए। त्यतिकैमा उनको दिमागमा ‘चम्पा’ शब्द आयो। जुन गीतको आइकोनिक शब्द हो। 

सुरुमा गीत नेपालीमा लेखियो। अछामी सेरोफेरोको कथामा गीत हाल्नुपर्ने भएकाले गीतलाई पनि अछामी भाषामा नै राख्ने सुरुवाती निर्णय थियो र सोही कारण एकजना अछामी मित्रलाई शान्तीप्रियले गीत उल्था गर्ने दिए। उनले अछामी भाषामा गीतलाई उल्था गर्दा उनी अछामी भएकाले त बुझे तर अन्यका लागि भाषा बुझ्नमा समस्या देखियो। 

चलचित्र सवैका लागि हुने भएकाले गीतपनि सवैले बुझ्ने भाषामा हुनुपर्ने आवश्यकता थियो। त्यही भएर निर्माण गीतलाई फेरी नेपालीकरण गर्ने निर्णय भयो। नेपालीकरण गरिने भनिएपनि कथाकोे सेरोफेरो सदूरपश्चिमेली भएकाले गीतको ‘टोन’ चाही सदूरपश्चेमेली राख्ने कुरा भैसकेपछि केही भाषा र केही टोन सुदूरपश्चिमेली राख्दै गीतलाई फाईनल गरियो। 

गीत निर्माण भएर बाहिर आईसकेपछि गीतले निकै चर्चा बटुल्यो। गीतको चर्चाले हौसिएको निर्माण पक्षले फिल्मका नायक दीपकराज गिरीको बोल्ने टोन पनि गीतको लयमै परिवर्तन गर्ने निर्णय गर्यो। गीतअघि दीपक जीले सामान्य तरिकामै बोलीचाली गर्थे तर गीतले दीपक जीको टोनलाई पनि परिवर्तन गर्न बाध्य पारे र त्यसलाई अत्याधिक दर्शकले रुचाए। 

गीतको सफलतासँगै सुदूरपश्चिमको भाषा बिगारेर प्रस्तुत गरिएको भन्दै गीतको आलोचना पनि भयो तर गीतमा आफूले भाषालाई विगार्न भन्दा पनि टोनलाई मात्र महत्व दिएको शान्तिप्रिय बताउँछन्। गीतबारे स्पष्टिकरण दिदै निर्माता तथा कलाकार दीपकराज गिरीले ' देखेन चम्पाले डेउडा गीतको अपमान भयो भनेकाे तर चम्पा गीत डेउडा आधुनिक गीत हो भन्दै बचाउँ गरेका छन्। कथा र पात्रको माग अनुसार सुदूरपश्चिमका केही शब्दकाे प्रयाेग भएकाे भन्दै उनले स्थानिय भाषाका कतिपय मीठा शब्दहरूलाइ हाम्रो राष्टि्य भाषा संग मिलाएर आधुनिक गीत बनाउँदा झन् अपनत्व कायम हुन्छ भन्ने पबित्र उदेश्यले राखिएकाे बताएका थिए।


 

More form the Internet

loading...