Suvadin, Home

#SrijanaKatha
ज्याेति मगरकाे जन्मदिन सेलिब्रेशन गर्ने क्रममा निस्किएकाे "उही मुलाकाे चाना..."

ज्योतीको घर राल्पा भएपनि उनी अध्ययनको सिलसिलामा दाङ बस्थिन्। जहाँ सिन्की, मुलाको अचारलाई मिठो परिकारका रुपमा लिने गरिन्छ। खाजा ल्याउने क्रम उपस्थित साथिभाईहरु बिच ठट्यौली चलिरहेको थियो। सोहीक्रममा ज्योतीले करणका लागि खाजा ल्याइन्। खाजामा विभिन्न परिकार थिए तर दाङ कै मान्छे भएर दाङकै परिकार समावेश नगरिएको देखेपछि करणले ज्योतीलाई भने, ‘बहिनी दाङको सिन्की, मुला अचार ल्याएनौ?’ 
रचनाकार करण न्याैपाने।

गायिका ज्योती मगरको जन्मदिनको सेलिब्रेशनमा सहभागी हुन् रचनाकार करण न्यौपाने कोटेश्वर स्थित उनको डेरा पुगेका थिए। ज्योती र करण दुवै राप्ती अञ्चलका भएकाले पहिलैदेखिको चिनजान थियो। साझँको बखत थियो। सेलिब्रेशन सुरु भयो। टीकाटालो, गिफ्ट आदानप्रदान सकेपछि खाजा खाने क्रम सुरु भयो। 

ज्योतीको घर राल्पा भएपनि उनी अध्ययनको सिलसिलामा दाङ बस्थिन्। जहाँ सिन्की, मुलाको अचारलाई मिठो परिकारका रुपमा लिने गरिन्छ। खाजा ल्याउने क्रम उपस्थित साथिभाईहरु बिच ठट्यौली चलिरहेको थियो। सोहीक्रममा ज्योतीले करणका लागि खाजा ल्याइन्। खाजामा विभिन्न परिकार थिए तर दाङ कै मान्छे भएर दाङकै परिकार समावेश नगरिएको देखेपछि करणले ज्योतीलाई भने, ‘बहिनी दाङको सिन्की, मुला अचार ल्याएनौ?’ 

तीन घण्टा लगाएर लेखिएकाे थियाे ‘लाइदेउ न मायाले...’ 

जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

गाउँघरको जस्तो परिकार काठमाडौंमा कहाँ सम्भव हुन्थ्यो र । ज्योतीले तत्कालै जवाफ फर्काईन ‘कहाँ काठमाडौंमा आएर पनि उही मुलाको चाना, उही मुलाको सिन्की सम्भव हुन्छ त।’
ज्योतीले ठड्यौली पारामा मात्रै भनेकी थिइन् तर करणले त्यसमा मिठो लय भेटे। उनको दिमागमा यस लयमा राम्रो गीत बन्न सक्छ भन्ने क्लिक भयो। र उनले ज्योतीलाई यस वाक्यबाट मिठो गीत बनाई त्यसलाई उनको बर्थडे गिफ्टका रुपमा दिने बाचा गरे।

त्यसपछि उनले गीतको मेलोडी र एरेञ्जको काम भयो। त्यसमा झण्डै एकहप्ता लाग्यो। दुवै तयार भएपछि गीत रेकर्डिङमा जाने भयो। तर, रेकर्डिङमा जानुअघिसम्म गीतका शब्दहरु तयार भैसकेका थिएनन्। 

मलेसियामा जन्मिएको रेकर्ड ब्रेकर ‘सडक’

त्यसपछि युवाहरुले भन्न थाले ‘म नेपाली....’

‘बेलुका रेकर्डिङ थियो’ करणले सम्झे ‘मैले त्यही बिहान लेख्न सुरु गरे र दिउँसोसम्म लेखिसके।’ कसरी केही घण्टामै लेख्न सकियो त, उत्तरमा उनी भन्छन्, ‘म सानैदेखि लेखाईमा अभ्यस्त भैसकेको थिए, एकचोटी लेख्न बसीसकेपछि त्यसलाई पूर्ण गरेर मात्रै उठ्ने मेरो बानी छ।’ उनले कक्षा सात÷आठमै पढ्दा गीत लेख्न थालिसकेका थिए। 

गायिका ज्योती मगर र रामचन्द्र काफ्ले स्वरमा रहेको उही मुलाको सिन्की ठट्यौली पारामा तयार गरिएको थियो। सोबेलाको चलेका दोहोरी गीतको ट्रेण्ड भने फरक थियो। ‘त्यतिवेला दुखदर्दका कुराहरुले दोहोरीमा बढी महत्व पाउँथे र चलेका पनि थिए,’ करण सम्झन्छन्, ‘तर यो गीतमा हामीले दर्शकस्रोताले फरक स्वाद दिने चुनौती मोल्यौ।’ गीत सार्वजनिक भएसँगै उनको चुनौतीलाई दर्शक तथा स्रोताले स्वीकारे। फलस्वरुप त्यससमय एफएम, क्यासेट तथा सिढी पसलहरु, विवाह, उत्सव महोत्सवमा यो गीत खुबै घन्कियो र अझै पनि घन्किरहेको छ।

 

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

 


 

More form the Internet

loading...