Suvadin, Home

निर्माता उद्धव पौडेलको शालिक बनाइने

नेपाली चलचित्रकाे उत्पादन र वितरणमा उल्लेखनीय भूमिका निभाएका कारण उनलाइ उक्त सम्मान प्रदान गर्न लागिएकाे नेपाल चलचित्र विकास कम्पनीले जानकारी दिएकाे छ।

काठमाडाैं ३ माघ– फिल्म निर्माता उद्धव पौडेलको शालिक निर्माण गरिने भएको छ। नेपाली चलचित्रकाे उत्पादन र वितरणमा उल्लेखनीय भूमिका निभाएका कारण उनलाइ उक्त सम्मान प्रदान गर्न लागिएकाे नेपाल चलचित्र विकास कम्पनीले जानकारी दिएकाे छ।

नेपाल चलचित्र विकास कम्पनीको २४औं बैठकले उक्त निर्णय गरेको हो। हालै मात्र नेपाल सरकारद्वारा पौडेल विशिष्ट चलचित्रकर्मीको अवार्डबाट सम्मानित भएका थिए। नेपाल चलचित्र विकास कम्पनीका अध्यक्षसमेत रहेका पौडेल फिल्म हल गोपी कृष्ण मुभिजका मालिक हुन्।


 

More form the Internet

loading...