Suvadin, Home

मेघा राउण्डको रियालिटी शो बाजुरामा प्रर्दशन

पहिलो चरणको द बिगेस्ट टेलिभिजन रियालिटी शो नृत्य र गायन प्रतिस्पर्धा पनि सदरमुकाम मार्तडीमै भएको आयोजकले जनाएको छ  । यो छनौट प्रतियोगिता सुदूरपश्चिममा पहिलो पटक गरिएको छ । यस पछि भने दोस्रो अडिशनबाट छनौट भएकाहरुलाई धनगढीमा समेत प्रतिस्प्रर्धा गराईने छ ।सुदूरपश्चिमका ९ जिल्लाका प्रतिस्प्रर्धी राखेर  फाईनल राउण्डमा शो सञ्चालन गरिने छ
फाईल फोटो

काठमाण्डौं, २१ जेठ– सुदूरपश्चिममा सुपर स्टार छनौटका लागि सुदूरपश्चिमको बाजुरामा दोस्रो राउण्डको गायन तथा नृत्य तर्फको रियालिटी शो सदरमुकाम मार्तडीमा प्रर्दशन गरिएको छ । सुपर स्टार छनौटका लागि गायत र नृत्य तर्फका विद्यामा प्रर्दशन गरिएको छ  आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्रा.लि. धनगढीमा कार्यक्रम संयोजक केशव बलायरले जानकारी दिए।

पहिलो चरणको द बिगेस्ट टेलिभिजन रियालिटी शो नृत्य र गायन प्रतिस्पर्धा पनि सदरमुकाम मार्तडीमै भएको आयोजकले जनाएको छ  । यो छनौट प्रतियोगिता सुदूरपश्चिममा पहिलो पटक गरिएको छ । यस पछि भने दोस्रो अडिशनबाट छनौट भएकाहरुलाई धनगढीमा समेत प्रतिस्प्रर्धा गराईने छ ।सुदूरपश्चिमका ९ जिल्लाका प्रतिस्प्रर्धी राखेर  फाईनल राउण्डमा शो सञ्चालन गरिने छ ।

 

आकर्षक पुरस्कार र उचित सम्मान दिने गरी प्रतिस्पर्धा गर्न लागिएको आयोजकले जनाएको छ ।  प्रथम पुरस्कार १ लाख नगद सहित  प्रमाण पत्र, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार नगद सहित प्रमाण प्रत्र प्रदान गरिने जनाईएको छ ।

 बाजुरा सदरमुकाम मार्तडीमा आयोजना भएको दोस्रो राउण्डको शोमा  ४१ जनाले भाग लिएका छन् । जस मध्ये २३ जना नृत्य र १८ जना गायन तर्फ रहेका थिए ।रियालीटी शो को निर्णायकको भूमिकामा चर्चित नृत्य निर्देशक एवं कोरियोग्राफर नरेश नाथ र लोक तथा दोहोरी पप गायक सौगात ओझा रहेका थिए । मालिका माविमा आयोजना गरिएको कार्यक्रममा २ हजार बढीको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो ।

दर्शकहरु नृत्य र गायन तर्फको प्रतिभामा झुमेर मनोरञ्जन लिएका थिए । दर्शकको संख्या आयोजकले अपेक्षा गरेभन्दा बढीको सहभागिता रहेको थियो । 


 

More form the Internet

loading...