Suvadin, Home
बलिउड फिल्म ’रईस’को पर्खार्इ नायक शाहरुख खानका फ्यान यतिबेला गरिरहेका छन्। यो फिल्ममा धेरै वर्षपछि एक पटक फेरि ग्रे भूमिका अर्थात् खलनायकको भूमिकमा शाहरुख खान देखिनेछन्। उनको यो रुपलाई फिल्मको ट्रेलरमा रुचाएको छ। ट्रेलरमा शाहरुखको संवाद, ’कोई धन्धा  छोटा नही होता और धन्धे से बडा कोई धर्म नही होता’ ले सन्सनी मचाएको छ।
सनी लियोन।

काठमाडौं,माघ ४

अहिले यो संवाद जो कोहीको मुखमा सुनिन्छ।  

यही संवादको एउटा संस्करण अहिले डब्स्मेशको( डब्स्मेश ऐप्लिकेशनमा गीत, डाइलगहरुको लिप सिंक गर्न मिल्छ) रुपमा आएको छ। याे डब्स्मेश बनाएकी छन् फिल्मको चर्चित गीत ‘लैला ओ लैला की नायिका सनी लियोनीले। उनले आफ्नो ट्वीटर अकाउन्टमा डब्स्मेश शेयर गरेकी छन्। शाहरुख खानको या संवाद  सनीले अाफ्नाे अन्दाजमा चित्रण गरेकी छन्।  

हट सनी लियोनी यो संवाद भन्दै गर्दा क्युट देखिएकी छन्। डब्स्मेशको सुरुमा स्टाइलिस देखएिकी सनी, भिडियोमा चश्मा लगाउँदै र बीचमा संवाद भन्दै चश्मा उतारेकी छन्। सनीका फ्यानहरू योे डब्स्मेश मनपराएका छन् र यसलाइ रि ट्वीट गरिरहेका छन्। साथै उनका फ्यानहरू आफ्नो डबस्मेश ट्वीट गरेका छन्।

राहुल ढोलकिया निर्देशित ’रईस’ जनवरी २५ मा रिलिज हुने छ।

More form the Internet

loading...