Suvadin, Home

नायिका सुस्मालार्इ शुभदिनकाे प्रश्न
ब्वार्इ फ्रेन्ड भए त बिहे गरिहाल्थे नि!

–मोडल एवं नायिका सुस्मा अधिकारी पछिल्लाे समयमा म्युजिक भिडियाेमा व्यस्त छिन्। ‘फूलबारीको बाटो हिँड्दै’ बोलको गीतबाट अभिनय थालेकी सुस्माले तीन सय बढी म्युजिक भिडियो खेलिसकेकी छन्। सुस्मासँग गरिएको रमाइलो गफगाफ।
सबै तस्बिर नायिका सुस्मा अधिकारीको फेसबुकबाट।

काठमाडाैं, जेठ २७–मोडल एवं नायिका सुस्मा अधिकारी पछिल्लाे समयमा म्युजिक भिडियाेमा व्यस्त छिन्। ‘फूलबारीको बाटो हिँड्दै’ बोलको गीतबाट अभिनय थालेकी सुस्माले तीन सय बढी म्युजिक भिडियो खेलिसकेकी छन्।

उनले रोग हो कि दोष हो, तिमीलाई भूल्ने बहानामा, नशा पिउने बानीलगायतमा अभिनय गरेकी छन्। उनले कञ्चन शाहीको अनौठो प्रेमु र निरञ्जन कुसुजीको पिपलुनामक फिल्ममा अभिनयसमेत गरेकी छन्।  उनीद्वारा अभिनित भोजपुरी फिल्म दिवाना तुु रिलिज भएको थियो उनै सुस्मासँग गरिएको रमाइलो गफगाफ।

१.केमा व्यस्त हुनुहुन्छ ?
–केही दिनदेखि म्युजिक भिडियो सुटिङ हुँदै छन्। त्यसैमा व्यस्त छु। र केही दिनमै ती भिडियोह सार्वजनिक हुनेछन्।

२.अहिलेसम्म कति फिल्म र म्युजिक भिडियो खेल्नुभयो?
 म्युजिक भिडियो त लगभग ३०० भन्दा नै भइसक्यो तर, फिल्म भने तीन वटामा खेले।


३.पहिलो चलचित्र कुन हो ?
–पहिलो अनौठो प्रेम कथा हो।
 

४.फिल्म क्षेत्रमा कसरी लाग्नु भयो ?

सानो उमेरदेखि नै अभिनय क्षेत्रमा रुची थियो। र, कहिले काँही टिभी हेरेर कलाकारको नक्कल गर्थे। त्यतिबेला देखिनै अभिनयमा लाग्ने सोच बनाएकी थिए।

५.विवाह गर्ने उमेर भएन र, विवाह कहिले गर्ने। ब्वार्इ फ्रेन्ड त  होलान नि?
 हाहाहा.. लामा हाँसाे। अहिले विहे गर्ने उमेर भएकाे छैन। ३,४ वर्ष पछि गर्ने। ब्वार्इ फ्रेन्ड भए त विहे गरिहाल्थे नि! 

६. कुन विवाह गर्ने साेच छ?
त्यो त त्यतिबेला नै थाहा हुन्छ। लभ म्यारिज कि एरेन्ज भनेर। तपाईलाई मन पर्ने मौसम कुन हो?
 

७.कुन माैसम मन पर्छ?
चिसो मौसम नै मन पर्छ। गर्मी भन्दा चिसो। त्यो पनि मंसिर महिना राम्रो लाग्छ। 
 

८.अबको लक्ष्य के?
– मुभी खेल्न थालिसकेकी छु। यसैलार्इअगाडि बढाउनु नै मेरो लक्ष्य हो।

९.तपाईको फेब्रेट स्टार?
 –नेपाली राजेश हमाल र भारतीय नायिका माधुरी दीक्षित मन पर्ने हिरो हिरोइन् हुन्। 


 

More form the Internet

loading...