Suvadin, Home

श्रृजनाकथा
यसरी फुर्यो नन्दकृष्णलाई डेब्यु गीत 

‘मैले त्यतिवेलासम्म मञ्चमा गीत गाएको थिएन’ उनले भने, ‘उद्घोषकले नाम बोलाउँदा डर मिश्रीत अनुहार बोकेर स्टेजमा पुगे । त्यतिवेलै पहिलो पटक मैले ‘ओ बाज झुम्रेली बाज’ भाकाको गीत सवैका अघि सुनाएको हु।’ कार्यक्रममा गाउँले, आफन्त, परिवारका सदस्यहरु पनि आएका थिए। डराईडराई गाएको उक्त भाकाल गाईसकेपछि सवैले ताली बजाए, प्रजिअले पनि राम्रो गाउदा रहेछौ भने । उनी फरुङ्ग भए । त्यतिवेलै आफुलाई देउडा गीतमा लाग्न उत्साह जागेको उनी बताउँछन् ।
वरिष्ठ देउडा गायक नन्दकृष्ण जाेशी।

सानो उमेर पाहाडमा नन्दकृष्ण जोशी जंगलमा गोरु, भैसी चराउन जान्थे। गोठालो जादा उनको सहयात्री दाईहरु पनि रहने गर्थे । ‘दाईहरु अाे बाझ झुम्रेली बाझको भाकामा मिठो लय हाल्थे’ जोशी सम्झन्छन्, ‘उनीहरुले गाएको सो भाका त्यतिवेलै मेरो बालमस्तिष्कमा बसिसकेको थियो। पछि म पनि सो गीत गुनगुनाउन थाले। उनी गोठालो जादा आउदा र एक्लै हुदा सो गीत गुनगुनाइरहन्थे। ’ 

कक्षा सातमा अध्ययनरत् रहँदा एकपटक स्कुलको एक कार्यक्रममा जिल्ला प्रमुख अधिकारीलाई निम्ता गरिएको रहेछ। प्रमुख जिल्ला अधिकारीको स्वागत र सम्मानमा विभिन्न विधार्थीहरुले विभिन्न प्रतिभाहरु पस्किए । त्यसैमा उद्घोषकले पहिलोपटक नन्दकृष्ण जोशीलाई गीत गाउँन स्टेजमा बोलाए । 

‘मैले त्यतिवेलासम्म मञ्चमा गीत गाएको थिएन’ उनले भने, ‘उद्घोषकले नाम बोलाउँदा डर मिश्रीत अनुहार बोकेर स्टेजमा पुगे । त्यतिवेलै पहिलो पटक मैले ‘ओ बाज झुम्रेली बाज’ भाकाको गीत सवैका अघि सुनाएको हु।’ कार्यक्रममा गाउँले, आफन्त, परिवारका सदस्यहरु पनि आएका थिए। डराईडराई गाएको उक्त भाकाल गाईसकेपछि सवैले ताली बजाए, प्रजिअले पनि राम्रो गाउदा रहेछौ भने । उनी फरुङ्ग भए । त्यतिवेलै आफुलाई देउडा गीतमा लाग्न उत्साह जागेको उनी बताउँछन् ।

सुदुर पश्चिममाञ्चलको स्थानिय भाकालाई संकलन गरी २०३४ सालमा जोशीले यो भाकालाई गीतको रुप दिएका हुन्। गीत संकलन पश्चात रेकर्डिङ गर्ने उनमा सोच आयो र उनी रेकर्डिङका लागि रेडियो नेपाल गए। त्यतिवेला रेकर्डिङ्गका लागि निर्विकल्प रेडियो नेपाल थियो, जोशी सम्झन्छन्, जहाँ मेरो भेट बरिष्ठ संगीतकर्मी स्व. मदन परीयारसँग भयो । 

रेकर्डिङ्ग अघि अभ्यासका लागि मदनले उनलाई महाबौद्ध स्थित आफ्नो घरमा लगे । जहाँको संगितमय बातावरणमा जोशीले पटकपटक गीतको अभ्यास गरिरहे । अनेकौ भाका प्रयोग गरे । ‘मदन जी को घरमा गरिएको अभ्यासलाई पछि स्टुडियोमा उतारियो, तेस्रो प्रयासमा मैले पुरा गीत सकाए’ जोशीले भने।

उनी पहिलोपटक रेडियो नेपालको स्टुडियो छिरेका थिए । ‘मुटु ढुकढुक हुन थाल्यो, उनले भने, सुरुमा सुर र तालको बारेमा पनि त्यति ज्ञान थिएन्, डरले पनि पहिलो/दोस्रो प्रयास सफल हुन सकेन् । तेस्रो प्रयासमा बल्ल पुर्ण गित रेकर्ड भयो।’ 

रेडियो नेपालमा गीत रेकर्ड गराउनेहरुलाई पारिश्रमिक दिने व्यवस्था थियो । गीत रेकर्ड गरिसकेपछि उनले २५ रुपैया पारीश्रमिक पाए । जुन उनले संगीतिक क्षेत्रमा पाएको पहिलो पारिश्रमिक थियो । सो पारिश्रमिकले साथीहरुलाई गीत रेकर्ड भएको खुसियालीमा चिया खुवाएको उनी सम्झन्छन् । 

रेकर्डिङ भएको १० बर्षपछि यस गीतलाई जोशीले एल्बमबद्ध गराए । त्यसले उनको परिचय फराकिलो बनाउँनुका साथै सुदुर पश्चिमको भाका, संस्कृतीको जगेर्नामा पनि महत्वपुर्ण भुमिका खेल्यो । 

सन्ताेषराज पाण्डेले गरेकाे कुराकानीमा अाधारित।


 

More form the Internet

loading...