Suvadin, Home

धुर्मुससुन्तली अर्थात् कर्म गर, फलकाे अाशा नगर!

नेपाली सिनेजगतका सर्वाधिक सफल कलाकार दम्पति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुससुन्तली) पनि यही पथमा छन्, जसलार्इ न पैसाकाे लाेभ छ, न सुखसयलकाे अाफूले कमाएकाे सबै रकम समाजसेवा लगाइरहेका छन्।
कम्बल वितरण गर्दै सीताराम कट्टेल धुर्मुस। तस्वीरः रासस

काठमाडौं, २२ पुस – नेपालीमा एउटा उखान निकै चर्चित छ – 'कर्म गर, फलकाे अाशा नगर!' नेपाली सिनेजगतका सर्वाधिक सफल कलाकार दम्पति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुससुन्तली) पनि यही पथमा छन्, जसलार्इ न पैसाकाे लाेभ छ, न सुखसयलकाे अाफूले कमाएकाे सबै रकम समाजसेवा लगाइरहेका छन्।  

हास्य टेलिश्रृंखलाबाट ख्याती कमाएका जोडी धुर्मुससुन्तलीले भूकम्पपीडित नागरिकलार्इ वस्ती नै निर्माण गरिदिएपछि चर्चाकाे शिखरमा छन्। त्यति मात्रै हाेइन, उनीहरुले अाधुनिक मुसहर वस्ती निर्माण गरेपछि विश्वभरिबाट स्याबासी पाइरहेका छन्। 

अहिले जाडाेकाे कहर सहिरहेका विपन्न नागरिकका लागि धुर्मुससुन्तली विशेष काेशेली बाेकेर पुगेका छन्।

वैशाख १२ गतेको विनाशकारी भूकम्पमा हजाराैंले ज्यान गुमाए, कयौं बेसहारा भए। र, लाखाैं धनजनको क्षति भयो। धुर्मुससुन्तली प्रभावित क्षेत्रमा पुगे। र, उद्दारमा जुटे।

उनीहरु साँचै निस्वार्थभावले अरुका लागि समर्पित भए। विपद्को घडीमा सबै नेपाली जुटौं, एकता कायम राखैँ भन्दै उनीहरु समाज सेवामा सक्रिय भए। आफ्नो घर बेचेर बेसहारालाई सहयोग गरे। विभिन्न ठाँउमा कार्यक्रम गर्दै पैसा संकलन गरेर समाज सेवामा आफूलाई समर्पित गरे।

भूकम्पले छानोविहीन भएका हुन् या पहिरोले परिवार गुमाएको, बाढीले प्रभावित नागरिक धुर्मुससुन्तली फाउण्डेशनले जाेडदार सहयोग पुर्याएकाे छ।

महोत्तरीमा नमूना मुसहर वस्ती निर्माण गरी हस्तान्तरण गरिसकिएकाे छ। त्यस्तै, काभ्रेकाे पाँचखालमा नमूना वस्ती निर्माण सम्पन्न भएकाे छ। अब चाहिँ धुर्मुससुन्तली फाउण्डेशनले राैतहटको सन्तपुरमा वस्ती निर्माण गरिरहेका छ।

माघको २४ गतेभित्र निर्माण सम्पन्न गरेर बाढीपीडित परिवारलाई हस्तान्तरण गरिने फाउण्डेशनले जनाएकाे छ। धुर्मुससुन्तलीले ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने अभियानका साथ तराईमा जाडो र शीतलहरले प्रभावित स्थानमा कम्बल वितरण गरिरहेका छन्।

जे भएपनि धुर्मुससुन्तलीले कर्म गर फलकाे अाशा नगर भन्ने उखानलार्इ पुष्टि गरेका छन्।


 

More form the Internet

loading...