Suvadin, Home

के भन्छिन् स्वस्तिमा अाफ्नो क्रेजको बारेमा?

बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन् –‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो। यसैले दर्शकले मेरो काम हेर्न पाउनुभएको थिएन। अर्कोतिर म लक्की पनि हो। निश्चल जस्तो श्रीमान् पाउनु, निश्चलसँग सल्लाहा गरेर काम गर्नुले पनि मलाई व्यस्त बनाएको छ। मिहिनेत र लक दुबैले काम गरेको छ जस्तो लाग्छ।’

काठमाडाैं, १६ असोज – नायिका स्वस्तिमा खड्का कुटुमा कुटु गीतपश्चात मस्ट डिमान्डेड नायिका बनेकी छिन्। उनको लगन र परिश्रमले गर्दा नेपाली सिने जगतमा राम्रो नाम कमाउन सकेकी हुन्।

कतिपयले उनी निश्चल बस्नेतको कारणले स्वस्तिमा सिने जगतमा उदाउन सकेको बताउछन्। स्वस्तिमा र निश्चललार्इ अहिले राष्टिय दाजु भाउजु भनेर चिनिन्छ। यसको श्रेय निश्चललार्इ नै जान्छ। तर, स्वस्तिमा पनि श्रीमानको नामले मात्र नभएर अाफ्नो मिहेनतले गर्दा पनि सर्वाधिक रूचाइएकी छिन्।

स्वस्तिमा भन्छिन्, ‘मलाई लक लागेको मेरो मिहिनेतले हो। तर, सबै कुरा बुझ्ने श्रीमान पाएकाले पनि काम गर्न सजिलो भएको छ।’

बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन् –‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो। यसैले दर्शकले मेरो काम हेर्न पाउनुभएको थिएन। अर्कोतिर म लक्की पनि हो। निश्चल जस्तो श्रीमान् पाउनु, निश्चलसँग सल्लाहा गरेर काम गर्नुले पनि मलाई व्यस्त बनाएको छ। मिहिनेत र लक दुबैले काम गरेको छ जस्तो लाग्छ।’

हाल चलचित्र ‘बुलबुल’को छायांकनमा व्यस्त नायिका स्वस्तिमाले चलचित्र ‘हजार जुनी सम्म’मा काम गर्न लागेको कुरालाई भने अहिले नै पक्का नभएको बताइन्।


 

More form the Internet

loading...