Suvadin, Home

स्वस्तिमाले ‘हजार जुनीसम्म’ फिल्म खेल्न

निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ। आचार्यले भने, 'नाईं नभन्नू ल ५' कै बेलादेखि उनीसँग कुरा भएको थियो। उनले फिल्म गर्ने कन्फर्म हो।'  म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले हिरोको खोजी भइरहेको छ। स्रोतका अनुसार, यसअघि उक्त फिल्म युवा स्टार प्रदीप खड्कालाई अप्रोज गरिएको थियो। व्यस्तताका कारण उनले गर्न सकेनन्।

काठमाडाैं, ८ असोज – 'कुटुमा कुटु' गीत र 'छक्का पञ्जा २' बाट चर्चामा अाएकी अभिनेत्री स्वस्तिमा खड्काले 'हजार जुनीसम्म' फिल्ममा खेल्ने भएकी छिन्। पाँचौ हप्तामा प्रदर्शनरत 'नाईं नभन्नू ल ५' ले अपार सफलता पाएपश्चात स्वस्तिमाको डिमान्ड बढेको छ। निर्देशक विकासराज आचार्यको फिल्म 'हजार जुनीसम्म' मा स्वस्तिमाले मुख्य भूमिकामा खेल्ने भएकी हुन्। 

निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ। आचार्यले भने, 'नाईं नभन्नू ल ५' कै बेलादेखि उनीसँग कुरा भएको थियो। उनले फिल्म गर्ने कन्फर्म हो।' 
म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले हिरोको खोजी भइरहेको छ। स्रोतका अनुसार, यसअघि उक्त फिल्म युवा स्टार प्रदीप खड्कालाई अप्रोज गरिएको थियो। व्यस्तताका कारण उनले गर्न सकेनन्।

'हजार जुनीसम्म' को कथाका लेखेक सामिप्यराज तिमल्सिना र निर्देशक आचार्य हुन्। बाल कलाकार अनुभव रैग्मीकी आमा कविताले फिल्म निर्माण गर्नेछिन्। तिहारपछि फिल्मको छायांकन हुनेछ। 


 

More form the Internet

loading...