Suvadin, Home

नायिका स्वेता खड्का कान्छीबाट सिनेमा क्षेत्रमा फर्किंदै

दुर्इ वर्षकाे अन्तरालपछि नायिका स्वेता खड्का नेपाली फिल्ममा पुनरागमन गर्ने भएकी छिन्। काया फिल्मस् ब्यानरले निर्माण गर्न लागेकाे फिल्म 'कान्छी'बाट उनी नेपाली फिल्ममा कमब्याक गर्न लागेकी हुन्। नेपाली फिल्मका नायक तथा श्रीमान् श्रीकृष्ण श्रेष्ठकाे निधन पश्चात उनी कुनै नेपाली फिल्ममा काम गरेकी थिइनन्। उनकाे अघिल्लाे फिल्म अाफ्नाे श्रीमानसँगै अभिनित काेहिनुर थियाे।
स्वेता खड्का र दयाहाङ रार्इ ।

काठमाडाैं, फागुन ३ - दुर्इ वर्षकाे अन्तरालपछि नायिका स्वेता खड्का नेपाली फिल्ममा पुनरागमन गर्ने भएकी छिन्। काया फिल्मस् ब्यानरले निर्माण गर्न लागेकाे फिल्म 'कान्छी'बाट उनी नेपाली फिल्ममा कमब्याक गर्न लागेकी हुन्।

नेपाली फिल्मका नायक तथा श्रीमान् श्रीकृष्ण श्रेष्ठकाे निधन पश्चात उनी कुनै नेपाली फिल्ममा काम गरेकी थिइनन्। उनकाे अघिल्लाे फिल्म अाफ्नाे श्रीमानसँगै अभिनित काेहिनुर थियाे। सन् २०१४ मा प्रदर्शनमा अाएकाे काेहिनुर रिलिज हुनुअघि श्रीकृष्णकाे सिभिएर निमोनियाका कारण निधन भएकाे थियाे।

निर्देशक अाकाश अधिकारीले निर्देशन गर्न लागेकाे उक्त फिल्ममा स्वेतासँगै नायक दयाहाङ रार्इ मूख्य भूमिकामा देखिने छन्। स्वेताकाे पनि लगानी रहने उक्त फिल्म अागामी जेठकाे अन्तिम साताबाट छायांकन सुरू हुने निर्माण टिमले जनाएकाे छ।


 

More form the Internet

loading...