Suvadin, Home
Nepal life 1.818M
 ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्वितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गराैँ’ भन्ने मूल नाराका साथ महोत्सव शुरु भएको हो।

ताप्लेजुङ, १ फागुन – पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथुन ताप्लेजुङमा मंगबारदेखि शुरु भएको छ। ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गराैँ’ भन्ने मूल नाराका साथ महोत्सव शुरु भएको हो। 

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। प्रदेश नम्बर– १ का प्रदेश सभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गरेका थिए। 

महोत्सवमा मंगबारदेखि नै खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ। पाथीभरा म्याराथुन महोत्सवको अन्तिम दिन फागुन ३ गते गरिने आयोजकले जनाएको छ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथुन दौड प्रतियोगिता हुनेछ। पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेका हुन्। 


 

More form the Internet

loading...