Suvadin, Home

'तारक मेहेता का उल्टा चश्मा'का लेखककाे निधन

भारतीय चर्चित टेलिभिजन कार्यक्रम 'तराक मेहेता का उल्टा चश्मा' का गुजराती लेखक तारक मेहेताकाे निधन भएकाे छ। बढेसकाल लागेपछि लामाे समयबाट बिरामी रहेका ८८ वर्षिय लेखक मेहेताकाे बुधबार भारतकाे अहमदाबादमा निधन भएकाे हाे। 
लेखक तारक मेहेता।

काठमाडाैं, फागुन १८ - भारतीय चर्चित टेलिभिजन कार्यक्रम 'तराक मेहेता का उल्टा चश्मा' का गुजराती लेखक तारक मेहेताकाे निधन भएकाे छ। बढेसकाल लागेपछि लामाे समयबाट बिरामी रहेका ८८ वर्षिय लेखक मेहेताकाे बुधबार भारतकाे अहमदाबादमा निधन भएकाे हाे। 

उनकाे निधनकाे खबर सुनेपछि गुजरातका मुख्य मन्त्री विजय रूपानीले ट्विट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। 'ताराक मेहेताकाे निधनकाे खबर सुनेर दुख लाग्याे। उनी लेखकका साथ उत्कृष्ट स्तम्भकार पनि थिए, उनले लेखेका छन्। हास्य कार्यक्रम तारक मेहेताका उल्टा चस्माकाे स्मरण गर्दै मुख्यमन्त्री रूपानीले उनी सधै हाम्राे अनुहारमा हाँसाे ल्याउथे तर अहिले उनकाे परिवारलार्इ दुख परेकाे उल्लेख गरेका छन्। 

सन् १९२९ मा जन्मिएका मेहताले मुंम्बइमा एमए सम्मकाे अध्ययन गरेका थिए। १९५८मा गुजराती नाटक मन्डली कार्यलयका कार्यकारी मन्त्री भएका मेहेताले १९६० देखि १९८६ सम्मका लागि भारत सरकारकाे सूचना, प्रसारण मन्त्रालय विभागमा फिल्म डिभिजनमा गजेटेड अधिकारीकाे रूपमा काम गरेका हुन्। 

गुजरातका चर्चित हाँस्य लेखक मेहेता २०१५मा भारतकाे ठूलाे अवार्ड पद्मश्रीबाट सम्मानीत भएका थिए। मेहेताले ८० भन्दा धेरै किताब लेखेका छन्। उनकाे उपन्यास 'दुनियाने उंघ्धा चश्मा' बाट प्रेरित भएर तारक मेहेताका उल्टा चश्मा श्रृंखला बनिएकाे हाे।

पछिल्लाे ९ वर्षयता चलिरहेकाे उक्त साे भारतमा मात्र नभएर विदेशमा पनि रूचाएकाे छ। 

 

 


 

More form the Internet

loading...