Suvadin, Home
NMB Bank Ltd 268.8k

नेपाली चेली तेरिया ‘झलक दिखला जा’काे फाइनलमा

नेपाली चेली तेरिया फाैजामगर भारतीय टेलिभिजन कलर्सकाे चर्चित रियालिटी शाे ‘झलक दिखला जा’ सिजन ९ काे फाइनलमा पुगेकी छिन्। सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी हुन्।
तेरिया।

काठमाडाैं,पुस २५


नेपाली चेली तेरिया फाैजामगर भारतीय टेलिभिजन कलर्सकाे चर्चित रियालिटी शाे ‘झलक दिखला जा’ सिजन ९ काे फाइनलमा पुगेकी छिन्। सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’को उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी हुन्।

१४ वर्षे तेरियाले डिआइडी बिजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन्। विभिन्न सेलेब्रेटीहरूबीच डान्स प्रतिस्पर्धा गराउँदै अाएकाे याे साे सर्वाधिक पुरस्कार राी भएकाे शो हो। प्रतिस्पर्धा जित्नेले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछन्।

जुलाई एकबाट सुरू प्रतियोगितामा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए। त्यसमा तेरियासहित पाँच जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो। साेही च्यालेन्जर्सहरू मध्येबाट तेरिया मात्रै फाइनलमा पुगेकी हुन्। फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का बिजेता तथा ‘झलक दिखला जा’ का पूर्वबिजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका बिजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन्।

फाइनलमा रहेको तीन जनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन्। अाफ्नाे प्रफर्मेन्सहरूबाट निर्णायकहरूकाे मन जित्दै अाएकी तेरिया फाइनलकी बलियाे प्रतिस्पर्धी हुन्। तेरिया फाउन्डेसनले बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुने भएकाले उनलार्इ बढी भन्दा बढी भाेट गरी जिताउन अनुराेध गरेकाे छ।

 

More form the Internet

loading...