Suvadin, Home

डिजीपे लकडाउन्स् गट ट्यालेन्टको अन्तिम राउण्ड शुरु, शीर्ष ५० प्रतिष्पर्धीको छनौट सम्पन्न

बहुविधालाई लक्षित गरी विगत २ महिनादेखि सञ्चालनमा रहेको लकडाउन्स् गट ट्यालेन्ट (एलजीटी) प्रतियोगिताका लागि शीर्ष ५० प्रतिष्पर्धी छनौट भएका छन् । स्टेट एट मिडियाले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजीपेको मुख्य प्रायोजनमा आयोजना गरेको ‘डिजीपे लकडाउन्स् गट ट्यालेन्ट’ चार राउन्डसम्म चलेको बताउँदै स्टेट एट मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले प्रतियोगिताको हरेक राउन्डबाट १०-१० जनाका दरले र वाइल्ड कार्डबाट थप १० जना गरी ५० जना प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि छनौट भएको जानकारी दिनुभयो ।

नेपालका अनुसार अन्तिम चरणको छनौटमा परेका ५० प्रतिष्पर्धीमध्ये २९ महिला र २१ जना पुरुष छन् । अन्तिम ५० प्रतिस्पर्धीले आफ्नो डिजीपे मोबाइल वालेट खातामा १ हजार रुपैयाँका दरले नगद प्राप्त गर्नुका साथै विभिन्न प्रायोजकका तर्फबाट ४० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गर्ने डिजीपेका कार्यकारी प्रमुख दिवाकर पाण्डले जानकारी दिनुभयो । 

डिजीपे लकडाउन्स् गट ट्यालेन्टमा भाग लिनका लागि सहभागीहरुले आफूमा रहेको नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला, टिकटक, कविता लगायत जुनसुकै प्रतिभाको भिडियो बनाएर पठाउन सक्ने व्यवस्था गरिएको थियो ।   ती भिडियोले सामाजिक सञ्जालमा प्राप्त गरेका लाइक, सेयर र डिजीपे एप मार्फत पाएको भोटिङ्गको आधारमा प्रतियोगिताका शीर्ष ५० प्रतिष्पर्धी छनौट भएको आयोजकले जनाएको छ ।  

२ महिनाको अवधिमा २०० भन्दा अधिक भिडियो सहभागिताका लागि प्राप्त भएको जानकारी दिंदै आयोजकले साउन ५ देखि ११ गतेसम्म अन्तिम राउन्डका लागि भोटिङ्ग हुने  स्पष्ट पारेको छ । भोटिङ्गकै आधारमा साउन १२ गते मिस एलजीटी र मिस्टर एलजीटी छनौट हुनुका साथै विजेताहरूले नगद २५-२५ हजार रूपैयाँ र गिफ्ट भौचर पाउने समेत आयोजकले जानकारी दिएको छ।

 


 

More form the Internet

loading...