Suvadin, Home

उदीयमान कलाकार, अब्बल अभिनय
नाट्य जगतमा सागरको पहिलो खुट्किलो

हालैमात्र कुञ्ज थिएटरमा मञ्चन भएको नाटक ‘अँधेरी नगरी चौपट राजा’ नाटकमा सागरले उम्दा प्रस्तुति दिएर दर्शकको माया पनि तेब्बर पारे। ‘अँधेरी नगरी चौपट राजा’मा चुरावालाको भूमिकामा देखिएका सागरले सबैको नजर खिच्न सफल भए। सोही नाटकमा राजाका सेवक र मिठाई पसलेको भूमिकामा पनि उनको जोडदार अभिनय रहेको थियो।
सागर दाहाल।

काठमाडौं, १९ साउन – ‘ल है हजुर चुरा लिएर आको छु है चुरा। रंगीबिरंगी थरिथरिका चुरा। आफूलाई मन परेको चुरा लिएर जानुस्, मात्र एक आना। घरमा हजुरकी अर्धांगिनी कुरिरहनु भएको होला। ठुस्केकी श्रीमतीका लागि रातो। प्रेमिकालाई फकाउनु छ भने गुलाबी। अर्काकी बुढी फकाउनुछ भने हरियो। जेठीलाई कालो, कान्छीलाई निलो। घरवाली, बाहरवाली सबैलाई सुहाउने थरिथरिका चुराहरु लैजानुस् ल, मात्र एक आना। छम् छम् छम् छम् छम् छम्...’

कुञ्ज थिएटरमा वैशाख १४ गतेदेखि जेठ ५ गतेसम्म मञ्चन भएको नाटक ‘अँधेरी नगरी चौपट राजा’को एक दृश्यमा नवोदित कलाकार सागर दाहाल अलग विशेषता भएका व्यक्ति (तेश्रो लिंगी) को भूमिका देखापर्छन्। उनको इन्ट्रीले दर्शकको हाँसो रोक्नै सक्दैन।

भरिभराउ थिएटर हल हाँसोले गुञ्जयमान हुन्छ। सागरको यो भूमिका नाटकलाई जीवन्त बनाउने मध्येको एउटा खण्ड बनेको छ। बिहानीले दिनको संकेत गर्छ भनेझैँ युवा कलाकार सागर दाहाल नेपाली कला क्षेत्रका लागि सुनौलो भविष्य बोकेर आएका छन्। पृथक प्रस्तुति, कलामा निखारता र लगनशिलताले सागरलाई स्थापित हुन धेरै समय लाग्दैन भन्ने प्रष्ट संकेत गरेको छ।

तर, उनी आफू कलाकारिताको सामान्य विद्यार्थी रहेको बताउँछन्। ‘मैले धेरै कुरा सिक्नु छ, बुझ्नु छ,’ उनी भन्छन्, ‘अहिले त अग्रजहरुबाट पाएको सुझाव र हौसलाले अघि बढिरहेको छु, आफ्नै खुट्टामा उभिने स्थितिमा पुग्न धेरै मिहेनत गर्न बाँकी छ।’

वि.सं. २०६८ सालको एसएलसी पास गरेपछि उनले प्लसटुका लागि लालबन्दीस्थित जनज्योति उच्च मावि रोजे। र, अहिले सागर काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तहको अध्ययनलाई अघि बढाइरहेका छन्। 

कमर्सका विद्यार्थी, मोह कलाकारिता

युवा कलाकार सागर दाहालको जन्म वि.सं. २०५३ मंसिर ७ गते सर्लाहीको लालबन्दी–६ मा भएको हो। रमेश दाहाल र राधिका दाहालका तीन सन्तानमध्ये सागर जेष्ठ सुपुत्र हुन्।

कक्षा ५ सम्ममा श्री प्राथमिक विद्यालयमा अध्ययन गरेका सागरले ६ देखि १० कक्षासम्म जानकी माविमा अध्ययन गरे।

वि.सं. २०६८ सालको एसएलसी पास गरेपछि उनले प्लसटुका लागि लालबन्दीस्थित जनज्योति उच्च मावि रोजे। र, अहिले सागर काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तहको अध्ययनलाई अघि बढाइरहेका छन्। 

‘मलाई कलाक्षेत्रको विषयमा सानैदेखि चासो थियो, सबैजसो कलाकारहरुको अभिनयलाई राम्ररी नियालेको थिएँ, मलाई पनि अभिनय गर्ने रहर थियो, तर अवसर पाएको थिइनँ,’ सागरले शुभदिनसँग भने।

कला क्षेत्रमा प्रवेश

प्रतिभावान कलाकार सागर दाहाल अहिले नेपाली रंगमञ्चमा सशक्त रुपमा प्रस्तुत भइरहेका छन्। आफूले पाएको हरेक चरित्रलाई कुशलताका साथ निभाउन सक्नु नै उनको खुबी हो। 

‘मलाई कलाक्षेत्रको विषयमा सानैदेखि चासो थियो, सबैजसो कलाकारहरुको अभिनयलाई राम्ररी नियालेको थिएँ, मलाई पनि अभिनय गर्ने रहर थियो, तर अवसर पाएको थिइनँ,’ सागरले शुभदिनसँग भने – ‘काठमाडौं आएपछि चाहिँ अभिनयको अवसर पाएँ, बालापनको कलाको रुची ब्याचलर पढ्दै गर्दा पूरा भयो।’

कलाकार विजय बरालको अभिनयबाट प्रभावित भएर यस क्षेत्रमा औपचारिक प्रवेशका लागि प्रशिक्षण लिएको सागर बताउँछन्।

‘उहाँ (विजय बराल) को अभिनयबाट अत्यन्तै प्रभावित भएर नाटक सिक्नलाई आएँ,’ उनी भन्छन्, ‘६ महिनाको ट्रेनिङ गरेपछि अभिनयको अवसर पनि पाउन थालेको हुँ, मलाई नेपाली नाट्य क्षेत्रका सबैजसो अग्रज कलाकारहरुले अघि बढ्न प्रेरणा दिनु भएको छ, म आभारी छु।’

वि.सं.२०७४ सालमा ‘को१छ ६१६’ नाटकमा एक पञ्जावी पसलवालाको भूमिकामा देखिएका सागरले आफ्नो अभियनबाट धेरै प्रशंसा बटुल्न सफल भए। त्यसपछि ‘मसानटार’ नाटकमा खच्चड गोठालाको भूमिकाले त उनलाई स्थापित हुने बाटोतर्फ धकेलिदियो।

नाटकमा जोडदार प्रस्तुति

सागरको पहिलो नाटक अन्धोयुग हो। उक्त नाटकमा उनले कोरसको भूमिकामा काम गरे। त्यसपछि प्रभावशाली कलाकर्मी राजन खतिवडाको निर्देशन रहेको एन्टिगोनीमा प्रजाको भूमिकामा देखिएका सागरको प्रस्तुति पछिल्ला नाटकहरुमा ज्यादै प्रशंसनीय रहेको छ।

वि.सं.२०७४ सालमा ‘को१छ ६१६’ नाटकमा एक पञ्जावी पसलवालाको भूमिकामा देखिएका सागरले आफ्नो अभियनबाट धेरै प्रशंसा बटुल्न सफल भए। त्यसपछि ‘मसानटार’ नाटकमा खच्चड गोठालाको भूमिकाले त उनलाई स्थापित हुने बाटोतर्फ धकेलिदियो।

त्यसपछि सागरको कलायात्रा कुशल निर्देशक एवं कलाकार विजय विष्फोटको निर्देशन रहेको ‘भागवत टोलमा भोलाराम’मा वैद्य’बा र कृष्ण दाईको भूमिकामा जोडिन पुग्यो। 

हालैमात्र कुञ्ज थिएटरमा मञ्चन भएको नाटक ‘अँधेरी नगरी चौपट राजा’ नाटकमा सागरले उम्दा प्रस्तुति दिएर दर्शकको माया पनि तेब्बर पारे। ‘अँधेरी नगरी चौपट राजा’मा चुरावालाको भूमिकामा देखिएका सागरले सबैको नजर खिच्न सफल भए।

सोही नाटकमा राजाका सेवक र मिठाई पसलेको भूमिकामा पनि उनको जोडदार अभिनय रहेको थियो। सागरको अभिनयका विषयमा नाटक हेर्न आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पनि ‘अत्यन्तै उम्दा प्रस्तुति’ भनेर प्रशंसा गरेका थिए।

‘शुरुमा नाटक हेर्दा साह्रै राम्रो र रमाइलो लाग्थ्यो, तर हेर्दा जति सजिलो देखिन्छ, त्यति सजिलो नाटक गर्न हुँदैनरहेछ भन्ने थाहा भयो,’ सागरको अनुभव छ, ‘जति यसभित्र भिज्दै गएँ, त्यति नै महत्व बुझ्दै गएँ, अझै त म शुरुवातमै छु, मैले अझै थुप्रै कठिनाईहरु पार गर्दै जानु छ, त्यसमा साथ दिन तथा दिशानिर्देश गर्ने त अग्रजहरु हुनुहन्छ।’

सागर सरल छन्, र उत्तिकै मिहेनती पनि। अब्बल कला प्रस्तुति दिन सक्ने खुबी भएका सागर अहिले सिकाईकै क्रममा आफू रहेको बताउँछन्। ‘म प्रोफेसनल नाट्यकर्मी भइसकेको छैन,’ उनले भने, ‘त्यसैले डाइरेक्टरले मलाई जुन भूमिका, जुन संवाद दिनुहुन्छ म त्यसमै आफुलाई ढाल्ने कोसिसमा हुन्छु।’ 

वास्तवमै सागर उर्जावान युवा कलाकार हुन्। नाटकमा आफूले पाएको चरित्रलाई सुक्ष्म ढंगले अध्ययन गर्छन्। ‘नाट्यकर्मीले सामाजिक परिवेश बुझ्नुपर्छ, र सामाजिक जीवनमा घटना यर्थाथ घटनालाई कलामार्फत प्रस्तुत गर्नुपर्छ, त्यो कला अमर बन्छ,’ सागरले भने।


 

More form the Internet

loading...