Suvadin, Home

Cover Image

यस्ताे छ टाइगरले ज्याकी श्राफसँग काम नगर्नुकाे कारण

बलिउडमा धेरे यस्ता सेलेब्रेटी छन्, जाे अाफ्नाे बुवासँग फिल्ममा सँगै देखिन्छन्। तर, बलिउडका एक्सन हिराे टाइगर श्राफ उनकाे बुवा ज्याकी श्राफसँग पर्दा शेयर गर्न नचाहेकाे बताएका छन्। एक चर्चित भारतीय टिभी-शाे कफी विथ करणकाे साेमा उनले ज्याकी एउटै फिल्ममा कसैले नदेख्ने बताएका हुन्। साथै टाइगरले कुनैपनि छाेराका लागि पहिलाे हिराे अाफ्नाे बुवा हुने भन्दै बुवासँग तुलना गर्न नसक्ने बताएका छन्।
टाइगर श्राफ र ज्याकी श्राफ । तस्विरः एजेन्सी

काठमाडाैं, फागुन १२


बलिउडमा धेरे यस्ता सेलेब्रेटी छन्, जाे अाफ्नाे बुवासँग फिल्ममा सँगै देखिन्छन्। तर, बलिउडका एक्सन हिराे टाइगर श्राफ उनकाे बुवा ज्याकी श्राफसँग पर्दा शेयर गर्न नचाहेकाे बताएका छन्। 

एक चर्चित भारतीय टिभी-शाे कफी विथ करणकाे साेमा उनले ज्याकी एउटै फिल्ममा कसैले नदेख्ने बताएका हुन्। साथै टाइगरले कुनैपनि छाेराका लागि पहिलाे हिराे अाफ्नाे बुवा हुने भन्दै बुवासँग तुलना गर्न नसक्ने बताएका छन्।

बुवासँग स्क्रिन शेयर नगर्नुकाे कारण खाेल्दै टाइगर भन्छन्, 'ज्याकीकाे व्यक्तित्व एकदमै ठूलाे छ, उहाँकाे फिल्ममा उपस्थिति शक्तिशाली हुन्छ, जसले उहाँसँग स्क्रिनमा देखिएका अरू फिका देखिन्छन्।'

बुवा ज्याकीलार्इ असाध्यै माया गर्ने टाइगरले उनकाे अागामी फिल्म मुन्ना माइकलबाट एक गीत बुवालार्इ समर्पित गरेका छन्। याेभन्दा पहिले उनले एक अवार्ड कार्यक्रममा ज्याकीकाे फिल्ममा नृत्य समर्पण गरेका थिए।

टाइगरले उक्त फिल्मका लागि निकै मेहनत गरेकाे बताए। फिल्ममा उनी नायिका निधी अग्रवालकाे अपाेजिटमा देखिनेछन्। फिल्मकाे बारे खासै केही  नबताएपनि फिल्म नृत्यमा अाधारित रहेकाे मानिएकाे छ।

साथै टाइगर यतिबेला निर्देशक करण जाेहरकाे फिल्म 'स्टुडेन्ट अफ दि यर' काे सिक्वेलमा व्यस्त छन्।  


 

More form the Internet

loading...