Suvadin, Home

Cover Image

नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दिकीले सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र 'टाइगर जिन्दा हे'लार्इ रिजेक्ट गरिदिएका छन्। फिल्म अाउँदाे क्रिसमिसमा रिलिज हुँदैछ।अली अब्बास जफरकाे निर्देशनमा रहेकाे फिल्ममा नवाजुद्दीनलार्इ अभिनयका लागि अफर गरिएकाे थियाे। तर, नवाजुद्दीनले फिल्ममा काम गर्नबाट रिजेक्ट गरिदिएका छन्। धेरै फिल्महरूमा व्यस्त रहेका कारण नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरेका हुन्।
टाइगर जिन्दा हे काे पाेस्टर ।

काठमाडाैं, फागुन ११


बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दिकीले सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र 'टाइगर जिन्दा हे'लार्इ रिजेक्ट गरिदिएका छन्। फिल्म अाउँदाे क्रिसमिसमा रिलिज हुँदैछ।

अली अब्बास जफरकाे निर्देशनमा रहेकाे फिल्ममा नवाजुद्दीनलार्इ अभिनयका लागि अफर गरिएकाे थियाे। तर, नवाजुद्दीनले फिल्ममा काम गर्नबाट रिजेक्ट गरिदिएका छन्। धेरै फिल्महरूमा व्यस्त रहेका कारण नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरेका हुन्।

बलिउडमा निकै व्यस्त मध्येका एक अभिनेता हुन्, नवाजुद्दीन। शाहरूख खानकाे फिल्म रइसमा अभिनय गरेपछि हाल उनी मुन्ना माइकल फिल्मकाे सुटिङमा व्यस्त छन्।

त्यसपछि उनकाे अर्काे फिल्म मन्टाेकाे सुटिङ अागामी मार्चमा सुरू हुँदैछ। यसअघि सलमान र नवाजुद्दीन बजरंगी भाइजानमा एकैसाथ देखिएका थिए। फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेकिङ कमार्इ गरेकाे थियाे।

 


 

More form the Internet

loading...