Suvadin, Home

टाइगर र दिशाको ब्रेकअप

टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन्। टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन्। दिशाकै दबाबका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो। यता दिशा आफू भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन्।

काठमाडाैं, २२ असोज – बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ। टाइगर र दिशाबीच मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासँग आजित बन्दै गएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। दिशा संकालु स्वभावको रहेकाले उनीहरूबीच सम्बन्ध अन्त्य नै उचित निर्णय साबित भयो।

टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन्। टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन्। दिशाकै दबाबका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो। यता दिशा आफू भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन्।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन्। तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन। र, टाइगरले छुट्टनिे प्रस्ताव राखे। दिशा त्यसमा सहमत भइन्। प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन्।

टाइगर र दिशाले पछिल्लोपटक फिल्म ‘बागी २’ मा सगै काम गरेका थिए। यो फिल्म सुपरहिट भएको थियो। यसबाट दिशालाई निकै फाइदा भयो। उनले थुप्रै राम्रा प्रोजेक्ट हात पारेकी छन्। अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा काम गर्दैछिन्। टाइगर भने ‘स्टुडेन्ट अफ द इयर २’ मा व्यस्त छन्। 


 

More form the Internet

loading...