टाइगरलाई हलिउड फिल्मको अफर

काठमाडाैं, ५ भदाै – बलिउडदेखि हलिउडमा जाने प्रचलन अाजकल निकै बढ्न थालेको छ। बलिउडका स्टारहरूलार्इ पनि अहिले निकै हलिउडकाे अफर र अाउन थालेको छ। हालै मात्र बलिउडका सुपरस्टार शाहरूख खानले राम्राे अफर अाए हलिउडमा जाने इच्छा व्याक्त गरेका थिए।
बलिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ। हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई मुम्बई नै अाएर लिड रोलमा अफर गरेका हुन्।
भारतिय मिडियाका अनुसार उनले निर्माण गर्ने मोर्टल कम्ब्याट सिरिजमा टाइगरलाई अफर गरेको र औपचारिक सम्झौता हुन बाँकी रहे पनि सकारात्मक कुराकानी भएको जनाएकाे छ।
टाइगर हाल बलिउड फिल्म ‘स्टुडेन्ट अफ द ईयर २’ को काममा व्यस्त छन्।