Suvadin, Home

Cover Image

ट्रयाप्ड फिल्मकाे टिजर, दृश्य सनसनीपूर्ण

विक्रमादित्य मोटवानेकाे निर्देशनमा बनिरहेकाे फिल्म ट्रयाप्डकाे अफिसियल टिजर रिलिज भएकाे छ। टिजर हेर्नेहरू अाश्चर्यचकित हुनेछन्। टिजरमा अभिनेता राजकुमार राय कसरी अाफ्नाे घरभित्र फस्छिन् भनेर देखाइएकाे छ। टिजरमा राजकुमार रार्इ हतारहतारमा अाफ्नाे घरबाट बाहिर निस्किएकाे देखाइएकाे छ। हतारमा उनले अाफ्नाे माेबाइल घरभित्रै छाेड्छन्। ढाेकामा ताला लगाउँदै गर्दा माेबाइलकाे घण्टी बज्छ र उनी माेबाइलभित्र छुटेकाे थाहा पार्इ चाबी ढाेकामै छाडेर माेबाइल लिनभित्र पस्छन्।
ट्रयाप फिल्मकाे पाेस्टर।

काठमाडाैं, फागुन १०


विक्रमादित्य मोटवानेकाे निर्देशनमा बनिरहेकाे फिल्म ट्रयाप्डकाे अफिसियल टिजर रिलिज भएकाे छ। टिजर हेर्नेहरू अाश्चर्यचकित हुनेछन्। टिजरमा अभिनेता राजकुमार राय कसरी अाफ्नाे घरभित्र फस्छन् भनेर देखाइएकाे छ। सनसनीपूर्ण छ टिजर।

टिजरमा राजकुमार रार्इ हतारहतारमा अाफ्नाे घरबाट बाहिर निस्किएकाे देखाइएकाे छ। हतारमा उनले अाफ्नाे माेबाइल घरभित्रै छाेड्छन्। ढाेकामा ताला लगाउँदै गर्दा माेबाइलकाे घण्टी बज्छ र उनी माेबाइलभित्र छुटेकाे थाहा पार्इ चाबी ढाेकामै छाडेर माेबाइल लिनभित्र पस्छन्।

माेबाइलमा महिलाकाे अावाज सुनिन्छ। उनलार्इ छिटाे अाउन भनिरहेकी महिलालार्इ जवाफ फर्काउँदै राजकुमारले 'छिटाे अाउँदै छु' भनिरहेका छन्। त्यतिकैमा हावाकाे झाेकाले ढाेका बन्द हुन्छ। ढाेकाकाे चाबी बाहिरै हुन्छ राजकुमार चाहिँ भित्र।

फिल्मकाे चरित्रकाे लागि लामाे समय अभ्यास गरेका राजकुमारले बिना खाना पनि त्याे घर भित्र थुनिएर कसरी संघर्ष गर्छन् भन्ने कुरा देखाइएकाे छ। फिल्मकाे टिजर अपलाेड भएपछि यसकाे चर्चाले बलिउड यतिबेला तातेकाे छ।

फिल्मकाे टिजर हेर्नुहाेस्:

 

 


 

More form the Internet

loading...