Suvadin, Home

लगातार ३ दिनसम्म युट्युवको ट्रेन्डिङ नम्बर १मा घामपानी

फिल्म सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो। यो फिल्मलाई युट्युवमा पनि एकदमै रुचाइएको छ। अहिले लगातार ३ दिनसम्म युट्युवमा ट्रेन्डिङको पहिलो नम्वरमा छ।

काठमाडाैं भदाै ४ – याहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘घामपानी’ युट्युवमा राखिएको अाज ३ दिन भएकाे छ ।

फिल्म सार्वजनिक प्रदर्शनीमा ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो। यो फिल्मलाई युट्युवमा पनि एकदमै रुचाइएको छ। अहिले लगातार ३ दिनसम्म युट्युवमा ट्रेन्डिङको पहिलो नम्वरमा छ।

यो फिल्मलाई युट्युवमा समाचार तयार पार्दासम्म २ मिलियन भन्दा बढि पटक हेरिएको छ। दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्ममा सञ्चारकमर्की लामाको डेव्यु निर्देशकिय फिल्म हो।

फिल्ममा दयाहाङ राई र केकी अधिकारीको साथै अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्पर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय छ।


 

More form the Internet

loading...