Suvadin, Home

श्रद्धाञ्जली
बलिउडका ‘ह्याण्डसम हंक’ विनोद खन्ना

सन् १९७० र ८० को दशकमा बलिउड चलचित्रका पारखी जाे काेही युवाहरु अभिनेता विनोद खन्नाबाट निकै प्रभावित थिए। चाहे उनको हेयर स्टाइल होस या कपडा लगाउने स्टाइल, हर काेही विनाेद खन्ना बन्न चाहान्थे। लाखाैं युवायुवतीहरूकाे दिलमा राज गरेका तिनै विनोद खन्ना आफ्ना लाखौं शुभचिन्तकहरुका आखा ओभानो पार्दै बिहीबार सबैका आखाँबाट ओझेल परेका छन्। 
बिनाेद खन्ना। तस्बिरः इन्टरनेट।

काठमाडाैं, बैशाख १५ - सन् १९७० र ८० को दशकमा बलिउड चलचित्रका पारखी जाे काेही युवाहरु अभिनेता विनोद खन्नाबाट निकै प्रभावित थिए। चाहे उनको हेयर स्टाइल होस या कपडा लगाउने स्टाइल, हर काेही बिनाेद खन्ना बन्न चाहान्थे। लाखाैं युवायुवतीहरूकाे ढकढुकी खन्ना आफ्ना लाखौं शुभचिन्तकहरुका आखा ओभानो पार्दै बिहीबर सबका आखाँबाट ओझेल परे। 

क्यान्सरका कारण पछिल्लो केही महिना मुम्बईको एक अस्पतालमा बिताएका भारतीय दिग्गज कलाकार खन्नाले अन्ततः बिहीबार अन्तिम श्वास फेरे। चलचित्र र राजनीतिमा उत्तिकै सक्रिय खन्नाको ७० वर्षको उमेरमा निधन भएको हो। केही दिन अगाडि सार्वजनिक उनको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएकाे थियो। तस्बिरमा उनी निकै कमजोर देखिन्थे। उनका लाखौं प्रशंसकले उनलाई शीघ्र स्वाथ्यलाभको कामना गरेका थिए। भारतको गुरुदासपुरका संसद समेत रहेका खन्नाले मुम्बइको रिलायंस फाउण्डेशन अस्पतालमा मृत्युबरण गरे।

 
मार्च ३१ बाट अस्पताल भर्ना भएका खन्नाको निधनले परिवार, समर्थक तथा आम बलिउड स्तब्ध बनेको छ। खन्नाले दुई विवाह गरेका थिए। पहिली पत्नी गिताञ्जलीसँग सन् १९८५ मा सम्बन्ध विच्छेद भएपछि उनले कवितासँग विवाह गरे। उनका तीन छोरा अक्षय खन्ना, राहुल खन्ना र साक्षी खन्ना र एक छोरी श्रद्धा खन्ना छिन्। 

खन्नाको बलिउडमा पदारोपण सन् १९६८ मा रिलिज फिल्म मन का मीत बाट भएको हो। यसका साथै उनी अभिनित फिल्महरु मेरे अपने, मेरा गांव मेरा देश, इम्तिहान, इन्कार, अमर अकबर एंथनी, लहू के दो रंग, कुर्बानी, दयावान, जुर्म जस्ता फिल्महरु निकै चर्चामा आएका थिए। अन्तिम पटक सन् २०१५ मा रिलिज भएको शाहरुख खानको चलचित्र दिलवालेमा उनले अभिनय गरेका थिए। 

नकारात्मक भूमिकाबाट करिअर 

खन्नाको जन्म भारत विभाजित हुनुअघि सन् १९४६ मा पेशावरमा (हाल पाकिस्तान) भएको थियो। उनका जमानाका उनी सबैभन्दा सुन्दर नायक मध्येका एक थिए। ७० र ८० का दशकमा थुप्रै ब्लकबस्टर फिल्ममा काम गरेका खन्नाको फिल्मी करिअर भने नकरात्मक भूमिकाबाट सुरु भएको थियो। पछिमात्र उनी मुख्य नायकको रुपमा देखिन थालेका हुन्। सन् १९६८ मा रिलिज भएको सुनिल दत्तको मन का मीत फिल्ममा उनले खलनायकको चरित्र निभाएका थिए। 

बलिउडमा संघर्षका सुरुवाती दिनहरुमा उनी सहअभिनेता र खलनायकको चरित्रमा मात्रै पर्दामा देखिए। यो सिलसिला थीं पूरब और पश्चिम, सच्चा झुठा, आन मिलो सजन, मस्ताना, मेरा गांव मेरा देश जस्ता फिल्महरुसम्म जारी रह्यो।

परवरिशबाट ठूलाे ब्रेक

सन् १९७७ मा आएको फिल्म परवरिशले खन्नालाई ठूलो ब्रेक दिलायो। फिल्मको सफलतासँगै उनले अमिताभ बच्चनका साथ पहिलोपटक स्टारडमको स्वाद चाख्न पाए। उनको पहिलो एकल भूमिका रहेको चलचित्र भने हम तुम और वो (१९७१) थियो। मेरे अपनेमा उनले शत्रुघ्न सिन्हाको अपोजिट भुमिका निभाएका थिए। गुलजारको फिल्म मृत्युको सजाय पाएको सैनिकको जीवन्त चरित्र निभाएपछि उनको सो भुमिकाको निकै तारिफ भएको थियो। पछि उनले अमिताभ बच्चनको अपोजिटमा हेराफेरी, खून पसिना, अमर अकबर एंथनी, मुकद्यरका सिकंदर जस्ता फिल्मका गरेको अभिनयले पनि निकै चर्चा बटुलेको थियो। 

अमिताभलाई उछिन्ने कलाकार!

सन् १९८७ देखि १९९४ सम्म खन्ना बलिउडका सबैभन्दा महंगा कलाकार रहे। उनको अभिनयबाट कायल जो सुकै थिए। यदि उनी ओशोको आश्रम नगएको भए उनले अमिताभको हालको स्टारडमलाई पनि फिक्का पार्नसक्ने चर्चा बलिउडमा बेलाबेलामा चल्ने गरेको छ।

उनी प्रायः पुनेमा अवस्थित ओशोको आश्रममा जाने गर्थे। उनी ओशोबाट यति प्रभावित थिए, कि फिल्मको सुटिङ पनि पुनेमै सार्ने गर्थे। पछि उनले करिब ५ बर्ष अमेरिकामा ओशोका साथ बिताएका थिए। 

खन्नाको सबैभन्दा चर्चित फिल्म कुर्बानीको मुख्य भूमिकामा पहिले अमिताभलाई अफर आएको थियो तर उनले सो भूमिका अस्वीकार गरेपछि खन्नाले फिल्ममा काम गर्ने अवसर पाएका हुन्। त्यसपछि उनले रक्की फिल्ममा पाएको मुख्य रोल भने निभाउन मानेनन् जुन फिल्मबाट सञ्जय दत्तले बलिउडमा ईन्ट्री गरेका थिए।

आफ्नो चार दशक लामो सिने करिअरमा खन्नाले करिब डेढ सय फिल्ममा अभिनय गरेका थिए। उनले निभाएका हरेक चरित्रहरु फिल्म पारखीहरुका दिल दिमागमा अझै पनि ताजै छन्। 

बुवाले बन्दुक ताके

खन्नाका बुवाले उनले फिल्म करिअर रोजुन भन्ने चाहेका थिएनन्। उनी एक व्यवसायी म्यान थिए र छोरा पनि व्यवसायमा आएको हेर्न चाहान्थे। यतिसम्म कि बिनोदलाई सुनिल दत्तबाट फिल्मको अफर आएको थियो। उनले सो अफरबारे बुवालाई भन्न जाँदा उनका बुवाले  हप्काएनन् मात्र उनीमाथि बन्दुक ताकेरै मार्ने धम्की समेत दिएका थिए। उनका बुवा खन्नाले आफ्नो व्यवसायलाई छोरोले अगाडी बढाओस भन्ने चाहान्थे। 

तर, खन्नाकी आमाले उनलाई एक शर्तमा बलिउडमा प्रवश गर्ने आज्ञा दिएकी थिइन्। शर्त थियो, उनी बलिउडमा दुई बर्षसम्म सफल भएनन् भने पुस्तैनी व्यवसाय सम्हाल्नुपर्ने।

बिनोदले आमाको शर्त मान्दै मन की बात मा अभिनय गरे। फिल्म हिट भयो। आमाले दिएको बाँकीं समय पनि जमेर मिहिनेत गरेका कारण दुई वर्षमै उनले बलिउडमा बलियो स्थान बनाउन सफल भए।

 

-एजेन्सीकाे सहयाेगमा


 

More form the Internet

loading...