Suvadin, Home

सम्झनामा यमबुद्ध
यमबुद्धको अधुरो सपना

स्कुल जीवनदेखि नै यमबुद्धलाई र्यापमा लगाव थियो। उनी त्यतिबेला कविता लेख्थे र कवितालाई र्याप बनाउँदै गाउँथे। आफ्नो म्युजिक करिअरको बारेमा बताउँदै उनी भन्थे, ‘कक्षा दशतिर पढ्दा मैले हाम्रो पहिलो पिरियडदेखि अन्तिम पिरियडसम्मको चक्रलाई मिलाएर कक्षामा र्याप सुनाउँदा साथीभाई र शिक्षकहरुले ताली बजाउनु हुनुभएको थियो। यसले मलाई यसै फिल्डमा लागिरहन प्रेरणा मिल्यो।’
यमबुद्ध।

काठमाडाैं, वैशाख ९- 

चर्चित र्यापर यमबुद्धद्वारा आत्महत्या ...

गत माघ पहिलो साता अविश्वसनीय रुपमा बिबिसीले यो खबर ब्रेक गर्यो। २९ वर्षकै कलिलाे उमेरमा बेलायतमा यमबुद्धले अात्महत्या गरेकाे बिबिसी नेपाली सेवाबाट प्रकाशित उक्त समाचारले छिनभरमै नेपाली संगीतिक क्षेत्र अनि युवाहरु स्तब्ध बने। पहिलपटक खबर पढ्ने कसैले पनि झट्ट पत्याएनन्। सामाजिक सञ्जालमा जताततै यमबुद्ध छाए, कतिले भगवानसँग त्यो खबर झुठो बनाइदिनुस् भनेर पोष्ट गरेका थिए। कतिले उनका सुमधुर आवाजमा सजिएका गीतहरु पोष्ट गरिरहेका थिए। 

अनिल अधिकारी उर्फ यमबुद्ध

यम बुद्धको पुर्ख्यौली घर मोरङ जिल्लाको सलकपुर हो। पछि उनको परिवार काठमाडौं सर्यो। हाल उनको परिवार काठमाडौंको मैतीदेवीमा बस्ने गर्छ। यमबुद्ध बाल्यावस्थादेखि नै मेघावी थिए। आफूभित्र केही असामान्य प्रतिभा र क्षमता भएकै कारण उनी २९ वर्षको उमेरमै किशोर पुस्तामाझ निकै लोकप्रिय थिए। गाउँमा हुँदा उनको पढाइ सुरुमा सरकारी विद्यालयमा नेपालीमै अध्ययन गरेका उनले काठमाडौं आएर बोर्डिङमा भर्ना लिए। र्याप गायनमा अंग्रेजी पनि महत्वपूर्ण हुन्छ। बोर्डिङमा भर्ना भएपछि उनले अंग्रेजीमा पनि दख्खल बढाउँदै लगे। उनको लगनशीलता, मेहनत र प्रतिभा देखेर कायल हुनेमध्येका एक थिए, अहिलेका चर्चित र्यापर गिरीश खतिवडा। ‘यम एकदमै आशावादी मान्छे थियो, नयाँ योजना बुन्थ्यो, नयाँ काम गर्रौ भन्थे तर उसले भित्रभित्रै खै के लुकाएर राखेको थियो, हामीले पनि बुझ्न सकेनौ,’ खतिवडाले भने। 

स्कुल जीवनदेखि नै यमबुद्धलाई र्यापमा लगाव थियो। उनी त्यतिबेला कविता लेख्थे र कवितालाई र्याप बनाउँदै गाउँथे। आफ्नो म्युजिक करिअरको बारेमा बताउँदै उनी भन्थे, ‘कक्षा दशतिर पढ्दा मैले हाम्रो पहिलो पिरियडदेखि अन्तिम पिरियडसम्मको चक्रलाई मिलाएर कक्षामा र्याप सुनाउँदा साथीभाई र शिक्षकहरुले ताली बजाउनु हुनुभएको थियो। यसले मलाई यसै फिल्डमा लागिरहन प्रेरणा मिल्यो।’

उनको र्यापप्रतिको तृष्णा बढ्दै गयो र कलेज पढ्नेबेलामा उनले एल्बम् निकाल्ने सोचे तर आमाले उमावि सकाएर मात्रै त्यसतर्फ लाग्न सुझाइन्। प्लस टु सकाएपछि उनको औपचारिक र्याप यात्रा सुरु भएको हो। उनी समाजमा जे देख्थे त्यही लेख्थे, जे लेख्थे त्यही गाउँथे। ‘समाजमा जे देखियो त्यही लेख्ने हो,’ उनी भन्थे, ‘मैले सामाजमा रहेका विकृति विसंगति देखेको थिएँ र त्यो लेखेँ। त्यसलाई र्यापमा ढाल्दा धेरैले मन पराउनुभयो। अझ युवा पिढीमा त त्यसले निकै लोकप्रियता पायो।’ 

यमबुद्धलाई सबैभन्दा बढी चिनाएको उनको साथी बोलको गीतले हो। उक्त गीतमा युवाहरु कसरी साथीहरुको लहैलहैमा लागेर कुलतमा फस्छन् र बच्न के गनुपर्छ भनेर प्रेरणायुक्त शब्दहरु बोलेका छन्।

स्कुल पढ्दा अन्य साथीहरुले झैं उनलाई पनि यो देशमा केही गर्न सकिन्न भन्ने नलागेको पनि हैन। कलेज सकेपछि अभिभावकले उनलाई अस्ट्रेलिया पठाउन पनि खोजेका थिए। तर, नियतिको खेल अर्कै थियो, विदेश जान ठिक्क परेका बेला मोटरसाइकल दुर्घटनामा उनका खुट्टा भाँचिए। एक वर्ष जति बेड रेस्ट गर्नुपर्यो। एक अन्तर्वातामा उनले भनेका छन्, ‘बेडरेस्टका समयमा मैले समय कटाउन थुप्रै अनलाइनमा र्याप ब्याटलहरु हेरेँ र विस्तारै मलाई त्यसप्रति रुची बढ्दै गयो।’ 

सन् २००७ मा उनले र्याप ब्याटलमा पहिलोपल्ट भाग लिएका थिए। उक्त प्रतिस्पर्धामा उनी उत्कृष्ट भए। त्यसपछि उनले उनकै नेतृत्वमा पहिलो पटक र्याप व्याटल सुरु गर्ने योजना बनाए। जसले र्यापलाई नेपालमा व्यावसायिक बनायो। र्याप ब्याटलबाट श्रष्टा चिनिए, त्यसैबाट बाच्ने आधार पनि बन्यो। 

पछि सञ्चो भएपछि उनले ‘बुद्ध’ नाममा ब्याटल गर्न थाले। उनका ब्याटलहरु पनि युट्युब युवाहरुले उत्तिकै मन पराए। यही ब्याटलबाट उनी खासमा चिनिएका हुन्। त्यसपछि बेलायत गएका उनी डेढ वर्ष पछि स्वदेश फर्किए। तर, उनको लेखाइ भने रोकिएको थिएन। उनले लेखेका तर अरुले गायका गीतहरु बजारमा निकै चलेका थिए। उनी सन् २०११ तिर नेपाल फर्किए र पूर्णकालीन म्युजिकतिर लागे। नेपाल आएर उनले २१ गीत समेटेर एउटा एल्बम् निकाले। जसलाई त्यतिबेला उनले नि:शुल्क बढेको बताएका थिए। 

‘यमबुद्धले आफ्ना गीतमा सामाजिक कुरीति, विसंगति र अन्यायविरुद्ध बोलेका छन्। चेलिबेटी बेचबिखन, लागुपदार्थ दुर्व्यसन, बालश्रमजस्ता विषयलाई उनले मुद्दा बनाएका थिए। हिपहपको सुरुवात अरुले गर्यो होला तर यसलाई समाजसँग जोड्न उनको भूमिका महत्वपूर्ण रह्यो,’ खतिवडा भन्छन्। 

युवाहरूका लागि उनी प्रेरणाका स्रोत थिए। कामप्रति उनको उत्तिकै लगाव र सम्मान थियो। युवालाई उत्प्रेरित गर्न उनी आफू नमूना बनेर देखाउन चाहान्थे। र, विभिन्न कलेज कलेजमा गएर युवाहरुलाई आफ्नो आफ्नो खुट्टामा उभिनुपर्ने सन्देश दिन्थे। उनले आइटीमा इन्जिनियरिङ पनि गरेका थिए। 

सन् २०११ बाट उनले औपचारिक रुपमा र्याप गाउन थालेका हुन्। उनका साथी, आमा, अन्त्यको सुरुवात, फुटपाथ मेरो घर, म फुट्छु तर झुक्दिनँ जस्ता गीत नेपाली हिपहपमा निकै लोकप्रिय मध्येमा पर्छन्।

उनले आफ्नो प्रतिभा आफुमा मात्रै सिमित राखेनन्। लाहुरे, युनिक पोएट, प्रेक्षा बज्राचार्य जस्ता र्यापरहरु उत्पादनमा उनले भूमिका खेलेका छन्। नेपालको प्रशिद्ध ‘र बार्ज’ नामक ब्याटल यमबुद्धकै योजनामा सुरु भएको थियो। उनले सो ब्याटलको केही समय होस्ट पनि गरे। 

यससँगै यमबुद्धकाे सम्झनामा परिवारले केही याेजना बनाएकाे र त्याे केही दिनभित्रै सार्वजनिक गरिने परिवारले जनाएकाे छ। उनकाे स्मृतिमा परिवारले केही गर्ने याेजनालार्इ अन्तिम रूप दिन लागेकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ।


 


 

More form the Internet

loading...