अनमाेलसँग डेब्यु गरेका २ नायिका अाजबाट एक साथ पर्दामा

काठमाडाैं, ५ असाेज – नेपाली चर्चित २ फिल्म अाजबाट हलहरूमा रिलिज भएका छन्। अनमाेल केसीकाे फिल्मबाट नेपाली सिने जगतमा डेब्यु गरेका दुवै फिल्मका नायिकाबीच अाज भिडन्त हुँदैछ।
साम्राज्ञीको 'इन्टु मिन्टु लण्डनमा' र सृष्टिको 'बाँध मायाले' अाजबाट एकसाथ प्रदर्शन भएका हुन्। 'ड्रिम्स' बाट साम्राज्ञी आरएल शाह र 'गाजलु' बाट सृष्टि श्रेष्ठले डेब्यु थिए।
निकै नै राम्राे बजेटमा निर्माण भएकाे 'इन्टु मिन्टु लण्डनमा' साम्राज्ञीसँग धिरज मगरकाे जाेडी छ। लण्डनमा छाँयाकन भएकाे यस फिल्मकाे प्रचार प्रसार पनि भव्य रूपमा गरिएको थियो।
प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको यस फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन्।
त्यस्तै सविर श्रेष्ठ निर्देशित फिल्म 'बाँध मायाले' मा अभिनेत्री सृष्टिको जोडी अभिनेता आर्यन अधिकारी रहेका छन्। यस फिल्ममा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको मुख्य अभिनय रहेकाे छ।
याे भन्दा अगाडी साम्राज्ञीकाे 'तिमिसँग' ले खासै राम्राे सफलता पाएकाे थिएन भने सृष्टिको दोस्रो फिल्म 'रोमियो एण्ड मुना' ले पनि दर्शकको ध्यान खासै तानेको पाइएन। यसकारण दुवै अभिनेत्रीका लागि आ-आफ्नो फिल्मले राम्राे सफलता पाउनु अत्यन्त आवश्यक देखिन्छ।