Suvadin, Home

Cover Image

चलचित्र ‘रुमालै छ चिनो’ सार्वजनिक

यस चलचित्रमा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका छ। यो चलचित्रले लाउरे प्रेमी र नेपालमा बसेकी प्रेमिकाको कथालाई उठान गरेको छ। चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन्।

काठमाडाैं, १० फागुन - देशभरका हलमा चलचित्र ‘रुमालै छ चिनो’ शुक्रबार सार्वजनिक भएको छ।

यस चलचित्रमा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका छ। यो चलचित्रले लाउरे प्रेमी र नेपालमा बसेकी प्रेमिकाको कथालाई उठान गरेको छ। चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन्।

चलचित्र ‘रुमालै छ चिनो’ देशभरका ४ दर्जन हलमा रिलिज भएको यसको निर्माणपक्षले बताएको छ। विदेशमा हुने युद्धमा नेपाली जवानहरुले कसरी विरता देखाएका छन् भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ।


 

More form the Internet

loading...