Suvadin, Home

“स्टेप अप” को अन्तिम भोटिङ्ग समय आज ३ बजेसम्म

भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” अन्तिम भोटिङ्ग चरणमा प्रवेश गरेको छ । भोटिङ्गका लागि अन्तिम समय आज ३ बजेसम्म रहेको छ । मात्रत्रेय इन्टरटेनमेन्टले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को फाइनल चरणका लागि २२ जना प्रतियोगीहरु छनौटमा परेका छन् । 

फाइनल चरणमा प्रवेश गर्नेमा सुदेश लामा, इशा मगर,सरस्वती धिमाल, सुधा लामा, सुमित कर्माचार्य, प्राश्ना बज्राचार्य, प्रविन, रोचक/रचना बस्नेत, गर्डिस्मा मल्ल, तीसा स्थापित, उज्जवल/पुजा, मनिका गुभाजू, सुयाना जोशी, मानवी खड्गी, अपूर्वा कर्माचार्य, सृष्टि तामाङ्ग, पुजा श्रेष्ठ, ज्यास्मीन गिरी, जया श्रेष्ठ र सरस्ता अर्याल, निश्चल भुजेल र एञ्जिला भुसाल रहेका छन् ।  

प्रतियोगिताको निर्णायक मण्डलले प्रदान गरेको अंकलाई ६० प्रतिशत र सामाजिक सञ्जाल तथा डिजिटल भोटिङ्गबाट प्राप्त मतलाई ४० प्रतिशत मापदण्डका आधारमा भोलि (आश्विन २० गते,मंगलबार ) प्रतियोगिताको विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । “स्टेप अप” भर्चुअल नृत्य  प्रतियोगिताका विजेतालाई नगद रु २५ हजारसँगै गिफ्ट भौचरहरु पनि पुरस्कार स्वरुप प्रदान गरिनेछ ।  

 


 

More form the Internet

loading...