Suvadin, Home

उर्वशीकाे उर्लिदाे बैशमाथि कसकाे नजर पर्याे?

उर्वशीले आफ्नो हेन्डलमा कुनै फोहोरी कुरा लेखियो भने त्यो आफूले लेखेको नहुने दाबी भारतीय सञ्चारमाध्यमसँग गरेकी छिन्। उनले अाफ्नाे सफलतालार्इ कसैले गलत रुपमा प्रयाेग गर्न खाेजेकाे उनकाे टिप्पणी छ।
मोडल तथा अभिनेत्री उर्वशी रौतेला।

काठमाडाैं, कात्तिक ३० – मोडल तथा अभिनेत्री उर्वशी रौतेलाले आफ्नो ट्वीटर एकाउन्ट ह्याक भएको गुनासो गरेकी छिन्। एकाउन्ट ह्याक गरेपछि कसैले उनको तस्वीर अपलोड गरेर अस्लिल कुरा लेखिदिएको छ।

उर्वशीको ट्वीटर हेन्डलबाट अघिल्लो साता एउटा आपत्तिजनक ट्वीट गरियो, जसमा उनलाई लोकप्रिय तथा व्यस्त हुन मन लाग्ने कुरा उल्लेख थियो। उक्त स्टाटस आफूले लेखेको नभर्इ अरु कसैले एकाउन्ट ह्याक गरेर लेखिदिएको तथा उक्त व्यक्तिको खोजी भैरहेको उर्वशीले बताएकी छिन्।

उर्वशीले आफ्नो हेन्डलमा कुनै फोहोरी कुरा लेखियो भने त्यो आफूले लेखेको नहुने दाबी भारतीय सञ्चारमाध्यमसँग गरेकी छिन्। उनले अाफ्नाे सफलतालार्इ कसैले गलत रुपमा प्रयाेग गर्न खाेजेकाे उनकाे टिप्पणी छ। उर्वशीको पछिल्लो चलचित्र हेट स्टोरी–४ प्रदर्शनको क्रममा छ।


 

More form the Internet

loading...