Suvadin, Home
नायक वरूण धवन।

काठमाडाैं, फागुन १२


पछिल्लाे समय बलिउड अभिनेताहरूकाे खलनायककाे पात्रतर्फ अाकर्षण बढ्दाे छ। पहिले पहिले खलनायककाे भूमिका निर्वाह गरे स्टारडम घटने जस्ता भ्रम अभिनेताहरूमा पाइन्थ्याे। तर, समाज गतिशिल हुँदै जादा फिल्मका दर्शकपनि नायकनायिकालार्इ हेर्न भन्दा उनीहरूकाे कामलार्इ विश्लेषण गर्न थालेका छन्।    

सन् १९९३ मा नायक शाहरूख खानले फिल्म 'बाजिगर'मा खलनायककाे भूमिका निर्वाह गर्दै भित्रयाएकाे याे ट्रेन्ड अहिले युवापुस्ता माझ चर्चित नायक वरूण धवनले अनुकरण गरेका छन्।

वरूण अगाडि नायक ऋितेश देशमुख,सिदार्थ मल्हाेत्रा फिल्म 'भिलेन'मा खलनायककाे भूमिमाका देखिएका छन्र्। यस्तै नायक अक्षय कुमार पनि साउथ इन्डियन फिल्म २.० मा खलनायककाे भूमिकामा देखिँदै छन्। 

हालै वरूण निर्देशक सूजित सरकारकाे अागामी फिल्ममा खलनायककाे भूमिकामा देखिने खबर बाहिर अाएकाे छ। उक्त फिल्मका लागि सूजित र वरूण बीच कुराकानी भइरहेकाे बताइएकाे छ। उक्त फिल्मकाे अवधारणा वरूणलार्इ निकै मनपरेका कारण उनले फिल्म गर्न लागेका हुन्। 

वरूण धवन अहिले उनकाे अागामी फिलम बद्रीनाथ की दुल्हनीयकाे प्रमाेशनमा व्यस्त छन्। धर्म प्राेडक्सनकाे ब्यानरमा निर्मित उक्त फिल्ममा वरूणसँगै नायिका अालिया भट्ट मुख्य भूमिकामा छन्। राेमान्टिक नाटकमा अाधारित उक्त फिल्म शशांक खैत्ननले निर्देशन गरेका हुन्।

साथै वरूण बद्रिनाथ की दुल्हनीयाका अलावा फिल्म जुड्वा-२ काे छायांकनमा व्यस्त छन्। जुड्वा-२ काे छायांकन पश्चात उनी निर्देशक सूजितकाे फिल्मकाे सुटिङ सुरू गर्ने छन्।


 

More form the Internet

loading...