Suvadin, Home

‘र्‍याप सरकारको भजन गाउनलाई गायत्री मन्त्र होइन’

‘र्‍याप जानराको गीत गायत्री मन्त्र, भजन होइन । त्यसमा सरकारको भजन गाउने कुरा भएन । बिश्वको जुनसुकै देशमा पनि र्‍यापरहरुले गाउने  गीतमा अश्लीलता भेटिन्छ । गीत गाएको भरमा पक्राउ गर्नु दुर्भाग्यपूर्ण हो ।अश्लीलता खोज्ने हो भने नेपाली साहित्य र फिल्ममा पनि गीतमाभन्दा बढी भेटिन्छ ।’

काठमाडौं । केही महिना पहिले पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतले निकै चर्चा पायो । गीतमा सरकारको विरोधात्मक व्याङ्ग्य गरिएकोभन्दै युट्युवबाट नै हटाइयो । गत मंगलबार मात्रै गायक दुर्गेश थापालाई पनि प्रहरीले पक्राउ गर्यो । 

तिहारको अवसरमा सार्वजनिक गरिएको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा कानुनबाट नै प्रतिबन्दित गाँजा खानुपर्छ भन्ने जस्ता शब्द प्रयोग भएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्यो । 

उक्त गीत युट्युवबाट हटाउने र आगामी दिनमा शब्द चयनमा ध्यान दिने सहमती गर्दै गायक थापा मंगलबार नै प्रहरी हिरासतबाट छुटे । आज पुनः प्रहरीले चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई  पक्राउ गर्यो । प्रहरीले  ‘हामी यस्तै त हो नी ब्रो’  गीतमा भिटेनले प्रहरीलाई गाली र अपशब्द प्रयोग गरेको दावी गर्दै नियन्त्रणमा लियो ।

चार महिना अघि रिलिज भएको गीतमा अस्लिलता भएको भन्दै प्रहरीले आज पक्राउ गरी गीतलाई उनको यूट्युब च्यानलबाटसमेत हटाउन लगाएको छ। भिटेनले आज उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । 

यसरी कलाकारहरूको रचनामा सम्मेमितता नभएको भन्दै धमाधम पक्राउ पर्नु पक्कै राम्रो विषय होइन । यसले सरकार र कलाकार दुवैलाई राम्रो गर्दैन । यो सिंगो सांगीतिक जगतका लागि सोचनीय विषय बनेको छ । आलोचना सहनै नसक्ने छवि बनाएका प्रधानमन्त्री र सरकारलाई पनि यो विषयले असर गर्ने पक्का छ । 

गीत/संगीत ठाडो भाषा पक्कै होइन । यसमा साहित्य हुन्छ, व्याङ्गे हुन्छ । एउटा कलाकारले आफ्नो शब्दको माध्यमबाट सरकारलाई व्याङ्गे गर्न पाउने अधिकार छ । गालिगलौज गर्न पाउने अधिकार पक्कै छैन । तर, सरकारका राम्रा कामको तारिफ, समाजमा भएका राम्रा कामको तारिफ र समाजमा भएका नराम्रा गतिविधिहरूको गीत संगितका माध्येमबाट विरोध गर्दै जनतालाई जागरुक गराउने अधिकार कलाकारलाई छ ।

कुनै रचना मन परेन भन्दैमा सरकारले कलाकारई हतकडि लगायर दुरुत्साहित गर्नु लोकतान्त्रीक देशमा कदापी उचित होइन । सरकारले कलाकारलाई हतकडि लगाउनुभन्दा सेन्सर बोर्ड गठन गर्नुपर्छ । कलाकारहरूको सेन्सरबोर्ड गठन गर्नुपर्ने पहिला देखिको माग पनि हो । जुन कुरामा सरकारले चासो देखाएको छैन । 

यदि सेन्सर बोर्ड गठन हुनेहो भने यो विवाद नै आउँदैन । एउटा सर्जनले सेन्सर पास गराउँछ । त्यसपछि मात्रै गीत गाउँछ । त्यसो गर्दा कलाको पनि सम्मान हुने र सरकारको पनि टाउको दुखाइको विषय नहुने देखिन्छ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।

पछिल्लो समय र्‍याप पनि संगीतको एउटा स्थापित विद्या बनिसकेको छ । यसमा गीत गाउँदै बीचबीचमा शब्दको प्रयोग गर्दै कथा शैलीमा बाचन गरिन्छ । जसले गीतलाई आकर्षक र ऊर्जाशिल बनाउने काम गर्छ ।  यस्तो अवस्थामा र्‍यापको विरोध गर्नुभन्दा यसलाई व्यवस्थित बनाउने तर्फ ध्यान दिनुपर्छ ।

सरकारले धमाधम कलाकारलाई पक्राउ गर्न थालेपछि सामाजिक सञ्जाल प्रयोग कर्ताले चर्को आलोचना गरेका छन् ।

अजय अनमोल नामका ट्विटर प्रयोग कर्ताले कलाकार पक्राउको विरोध  गर्दै लेखेका छन्, ‘र्‍याप जानराको गीत गायत्री मन्त्र, भजन होइन । त्यसमा सरकारको भजन गाउने कुरा भएन । बिश्वको जुनसुकै देशमा पनि र्‍यापरहरुले गाउने  गीतमा अश्लीलता भेटिन्छ । गीत गाएको भरमा पक्राउ गर्नु दुर्भाग्यपूर्ण हो ।अश्लीलता खोज्ने हो भने नेपाली साहित्य र फिल्ममा पनि गीतमाभन्दा बढी भेटिन्छ ।’

यस्तै अर्का नायक नामका ट्विटर प्रयोग कर्ता पनि यस्तो ट्विट गर्छन्ः-

र्‍याप संगित नराम्रो होइन!
र्‍याप लेख्न पनि धेरै मेहनत र साधना चाहिन्छ!
सस्तो लोकप्रीयताको लागि सस्तो शब्द प्रयोग गरेर र्‍याप गाउनु उचित होइन! र्‍यापलाई यामा बुद्ध जस्तो पबित्र बनाऔं! गुरुलाई नमन गरौँ! आफू जस्तो भएपनी यामा बुद्दले समाजमा उपाच्य हुने गित कहिले गाएनन! संमान गरौं!

— नायक (@vkamred) October 24, 2019

पत्रकार नारायण अमृतले पनि ट्विट गर्दै लेखेका छन्, ‘र्‍याप माधव घिमिरे या रत्नशमशेर थापाका अलंकार खोजेर हुँदैन। र्‍याप संगीतको जनरा र यसको चरित्र बुझे मात्र भिटेनलाई बुझ्न सकिन्छ । संस्कृतीका ठेकेदारहरू के बुझ्न जरूरी छ भने र्‍यापरलाई थुनेर समाज स्वच्छ हुँदैन । हाम्रो समाज र सत्ताको खराबी अरू ठाउँमा छ ।’

 

र्यापमा माधव घिमिरे या रत्नशमशेर थापाका अलंकार खोजेर हुँदैन। र्याप संगीतको जनरा र यसको चरित्र बुझे मात्र भिटेनलाई बुझ्न सकिन्छ। संस्कृतीका ठेकेदारहरू के बुझ्न जरूरी छ भने र्यापरलाई थुनेर समाज स्वच्छ हुँदैन। हाम्रो समाज र सत्ताको खराबी अरू ठाउँमा छ।

— Narayan Amrit (@amritna) October 24, 2019

यीत तीन उदाहरण मात्रै हुन् । यतिवेला सरकारले कलाकारलाई धमाधम पक्राउ गरेर वाक स्वतन्त्रताको हनन् गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । 


 

More form the Internet

loading...