Suvadin, Home
Citizen Bank 466.5k

Cover Image

‘नेपाल आइडल सिजन–२’
रवि ओडलाई भोट गर्दा 'अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद' भन्ने जवाफ

रवि ओडलाई मोवाईलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट गर्दा अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद भन्दै जवाफ आउन थालेपछि रविका समर्थक आक्रोसित बनेका छन्।

काठमाडौं, २१ मंसिर –  ‘नेपाल आइडल सिजन–२’ का बलिया प्रतिस्पर्धी रवि ओडलाई उनका समर्थकले पठाएको भोट अर्का  प्रतिस्पर्धी अमित बराललाई गएको छ।

रवि ओडलाई मोवाईलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट गर्दा अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद भन्दै जवाफ आउन थालेपछि रविका समर्थक आक्रोसित बनेका छन्।

खासगरी सुदुरपश्चिम र देशैभर रहेका ओडका समर्थकहरु निराश बनेका छन्। बिहीबार साँझ उत्कृष्ट पाँचमा पर्न सफल सबै जनाले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

बिहीबारको प्रस्तुतिको आधारमा प्रतिस्पर्धीले भोट पाउने छन् । र, कम भोट पाएको प्रतिस्पर्धी आइडलको मञ्चबाट विदा हुने छ।

मेसेज पठाउँदा त्रुटि देखिएकाेप्रतिे ए पि वान टेलिभिजनले भने केही  प्राविधिक समस्या आएकाले त्यस्तो भएपनि केहि समयमै सुधार भईसकेको बताएको छ।


 

More form the Internet

loading...