Suvadin, Home

Cover Image

आफ्नै जीवनसँग हारे यमबुद्ध

‘साथी’ गीतको अर्काे वाक्यमा उनले भनेका छन्, ‘के लानु छ जिन्दगी दुई दिनको नासो हो, त चाँडो गइस् तर एकदिन म पनि आउँछु, शान्त सुन्दर त्यो संसारमा बदलपारीको।’ जुन कुरा अहिले उनकै जीवनमा लागू भएको छ। हो, पत्ताउनै गाह्रो हुनेगरी उनै यमबुद्ध अब हामी माझ रहेनन्, नेपाली सांगीतिक आकाशलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका यमबुद्धको आकस्मिक निधनको खबरले नेपाली सांगीतिक क्षेत्र यतिबेला स्तब्ध बनेको छ। 
यमबुद्ध।


काठमाडाैं,माघ २


‘जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नु हो’ चर्चित नेपाली र्यापर यमबुद्ध अर्थात् अनिल अधिकारीको लोकप्रिय गीत ‘साथी’को एक वाक्य हो। लागुपदार्थको कुलतमा रहेका युवाहरूलाई सो कुलतबाट छुटाउने जनचेतनासहितको र्याप गीतमा उनले मीठो गरी यो वाक्य गुनगुनाएका छन्। 

यु ट्युबमा १४ लाख ५० हजारभन्दा बढी पटक हेरिएको यो गीत नै उनको ‘ट्रेडमार्क’ थियो। यसै गीतले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति मात्र दिएन, सामाजिक सञ्जालमा नेपाली युवाहरूमाझ निकै प्रसिद्ध बनाइदियो। नेपाली सेलिब्रेटीहरूमध्ये सबैभन्दा बढी फलोअर पाएका सेलिब्रेटी थिए उनी। 

फेसबुकमा ११ लाख ३७ हजार बढी लाइक पाउने उनी एक मात्र सेलिब्रेटी हुन्। उनीअघि राजनीतिकर्मी डा. बाबुराम भट्टराईको १२ लाख बढी लाइक छ। यहाँबाट पनि उनले कति प्रसिद्धी कमाएका थिए भनेर।

‘साथी’ गीतको अर्काे वाक्यमा उनले भनेका छन्, ‘के लानु छ जिन्दगी दुई दिनको नासो हो, त चाँडो गइस् तर एकदिन म पनि आउँछु, शान्त सुन्दर त्यो संसारमा बदलपारीको।’ जुन कुरा अहिले उनकै जीवनमा लागू भएको छ।

हो, पत्ताउनै गाह्रो हुनेगरी उनै यमबुद्ध अब हामी माझ रहेनन्, नेपाली सांगीतिक आकाशलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका यमबुद्धको आकस्मिक निधनको खबरले नेपाली सांगीतिक क्षेत्र यतिबेला स्तब्ध बनेको छ। 

शनिबार राति बिबिसी नेपाली सेवाले उनको मृत्युको खबर प्रसारण गरेको थियो। त्यो समाचार नेपालमा यसरी फैलियो कि उनको संगीतका कायल जोसुकै पनि स्तब्ध छन्, मौन छन।

बिबिसीका अनुसार लण्डन सहरस्थित प्रहरी स्टेशनबाट शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुन्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सकहरू घटनास्थल पुगेका थिए। ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष छ। मृत्य भेटिएका युवक थिए, यमबुद्ध।

उनको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने बिबिसीले उल्लेख गरेको छ। उमेरले तीन दशक पनि नपुगेका उनको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक स्रोतले बताएको छ। 

यमबुद्धको मृत्युको खबरले उनको परिवार मात्र हैन, उनका फ्यानहरूका आँखा रसाएका छन्। समाजिक सञ्जालहरूमा जताततै उनको श्रद्धाञ्जलीका शब्द पोखिएका छन्। यमबुद्धको घर मोरङ हो। 

यमबुद्धले युवा अवस्थामै चर्चाको शिखर चुमेका थिए। केही समय त उनले नेपाली र्याप संगीतमा एक छत्र राज पनि गरे। पछि उनको सिको गर्दै देशका विभिन्न ठाउँहरूबाट ‘लाहुरे’ लगायतका थुप्रै युवाहरू उदाए। नयाँ युवाहरूलाई नेपाली र्याप संगीतमा उतार्ने श्रेय उनलाई जान्छ।

उनी र्याप म्युजिकमा जति युनिक थिए, उनले आफ्नो संगीतिक नाम पनि त्यतिकै युनिक राखेका थिए, यमबुद्ध। न्वारनमा पण्डितले जुराएको नाम थियो, अनिल अधिकारी तर यो नामले उनलाई थोरैले मात्र चिन्छन्। 

यमबुद्ध नामबाटै उनले प्रसिद्धी कमाए, चिरपरिचित भए। ‘म बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् (राक्षस र देवता)को दुबै गुण हुने बुद्ध देवता अर्थात् शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुबैै स्वरुप मिलाउँदा यमबुद्ध भई यो नाम जुर्न पुगेको हो,’ उनले एक अन्तर्वार्तामा भनेका थिए। 
संगीतिक क्षेत्र सँगसँगै यमबुद्ध समाजसेवामा पनि त्यतिकै रूची च राख्थे, उनले आफूले कमाएको पैसाहरू असहाय बालबालिकाको शिक्षा दिक्षा तथा लालनपालनमा खर्च गर्दै आएका थिए। ‘जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नु हो’ भन्ने यमबुद्धले सांगीतकि क्षेत्रमा भने धेरै जिते। 

अलबिदा यमबुद्ध!
 


 

More form the Internet

loading...