Suvadin, Home
Citizen Bank 806.4k

Cover Image

मिस गोरखाको उपाधी नेहालाई 

प्रतियोगितामा फस्ट रनरअप भएकी बारपाककी किरण घलेले नगद ३० हजार पाइन्। त्यस्तै, सेकेन्ड रनरअप भएकी मास्किछापकी प्रिती थापाले नगद २० हजार र थर्ड रनरअप बोर्लाङकी प्रिती गैरेले नगद १० हजार पाएकी थिइन्। 

काठमाडौं,२१ माघ-मिस गोरखाको उपाधि नेहा श्रेष्ठले जितेकी छिन्। गोरखा नगरपालिका–६, पदेलीकी २२ वर्षीया नेहाले १४ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन्। उनलाई गत वर्षकी मिस गोरखा इशा शाहले ताज पहिराएकी थिइन्। उपाधिसहित उनले नगद ५० हजार पाएकी छिन्।

प्रतियोगितामा फस्ट रनरअप भएकी बारपाककी किरण घलेले नगद ३० हजार पाइन्। त्यस्तै, सेकेन्ड रनरअप भएकी मास्किछापकी प्रिती थापाले नगद २० हजार र थर्ड रनरअप बोर्लाङकी प्रिती गैरेले नगद १० हजार पाएकी थिइन्। 

प्रतियोगिताको बेस्ट फिगर अवार्ड पवित्रा बयल्कोटी, मस्ट हार्डवर्किङ अवार्ड शान्ता श्रेष्ठ, बेस्ट ट्रेनी अवार्ड प्रिती गैरेले पाइन्।  त्यस्तै, बेस्ट स्माइल अवार्ड प्रिती थापा, मस्ट पङ्चुअल अवार्ड शान्ति तमाङ, मोस्ट स्टाइलिस अवार्ड निकिता घले र मस्ट फ्रेन्डली अवार्ड अनु शाक्य घोषित भइन्।


 

More form the Internet

loading...