Suvadin, Home

कसलार्इ, के भयाे? भन्दैछन् शिव परियार

निर्देशक अरुणकुमार प्रधानको फिल्म ‘यो साइनो मायाको’ एक गीत सार्वजनिक भएको छ। चैत्र ४ गते प्रदर्शन हुन लागेको याे फिल्मकाे ‘यो के भयो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

काठमाडाैं, माघ २१


निर्देशक अरुणकुमार प्रधानको फिल्म ‘यो साइनो मायाको’ एक गीत सार्वजनिक भएको छ। चैत्र ४ गते प्रदर्शन हुन लागेको याे फिल्मकाे ‘यो के भयो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

जतिन ताम्राकार र डेब्यू नायिका रेश्मा घिमिरे अभिनित याे गीतमा शिव परियारले स्वर दिएका छन् भने कुन्दन थापाको शब्द तथा संगीत छ। रामकुमार श्रेष्ठको लगानीमा तयार भएको यो फिल्मलाई बाबुराम नेपालीले छायांकन गरेका हुन्।

मञ्जिना मुभी क्रियसनको ब्यानरमा निर्मित उक्त फिल्म  प्रेममा अाधारित छ। फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नविनत प्रधान लगायतका कलाकारको अभिनय छ।

 


 

More form the Internet

loading...