Suvadin, Home

Cover Image

तोरी खेतीका लागि प्रख्यात चितवन 

चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ।तोरीको खेती गर्दै आईरहेको  भरतपुर–७, कृष्णपुरमा वेदप्रसाद ढकालले १७ कठ्ठामा तोरी लगाएका छन् ।

काठमाडौं,२५ पुस -चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। बिगतमा नारायणी नदीले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्।

चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ।तोरीको खेती गर्दै आईरहेको  भरतपुर–७, कृष्णपुरमा वेदप्रसाद ढकालले १७ कठ्ठामा तोरी लगाएका छन्। उनले आफ्नो घरायसी प्रयोगका लागि तोरी लगाएका हुन् ।

उनले वर्सेनि तोरी खेती गर्दै आएका छन्। तर, उनीसँगै पहिले तोरीखेती गर्नेहरुले अहिले छाडिसकेका छन्। आजभोलि धेरैले तोरी लगाउन छोडेका छन्। तर, ढकालले लगातार तोरीबाली लगाउँदै आएका छन्।

दस वर्षअघि हालसम्मकै कम उत्पादन भएको तोरी पछिल्ला वर्षहरुमा पुनः बढ्दो क्रममा छ। साढे दुई दशकअघि चितवनमा करिब १८ हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गरेको थियो। अहिले चितवनमा करिब १२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा हुने गरेको छ।


 


 

More form the Internet

loading...