Suvadin, Home

३६ लाखको सावाँ र ब्याज तिर्नुपर्ने
दोषी ठहरिएसँगै मोडल खुस्बु ओलीलाई ३ महिना कैद

कटुवालसँग लिएको ३६ लाख रुपैयाँ तिर्नको लागि ओलीले दिएको चेकमा पैसा नभएको कारण कटुवालले मुद्दा दर्ता गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार फैसला गर्दै ओलीलाई दोषी ठहर गरेको हो।

काठमाडौ, जेठ ७ - मोडल खुस्बु ओली चेक बाउन्सको फन्दामा परेकी छिन्। सप्तरी राजविराजका गोपाल कटुवालसँग लिएको रकम तिर्ने क्रममा ओलीले दिएको चेक बाउन्स भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको हो।

कटुवालसँग लिएको ३६ लाख रुपैयाँ तिर्नको लागि ओलीले दिएको चेकमा पैसा नभएको कारण कटुवालले मुद्दा दर्ता गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार फैसला गर्दै ओलीलाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई दोषी ठहर गर्दै अदालतले तीन महिना कैद र तीन हजार जरिवाना तिराउने फैसला गरेको हो। साथै कटुवालसँग लिएको रकम ३६ लाखको सावाँ र ब्याजसमेत तिर्नुपर्ने फैसलामा भनिएको छ।

खुस्बुले कुमारी बैंक न्युरोड शाखाको आफ्नो खाताबाट ३६ लाखको चेक दुई वर्षअघि कटुवाललाई थमाएकी थिइन्। कटुवालले पटक पटक चेक साट्न जाँदा रित्तो हात फर्किनुपरेपछि अदालतको सहारा लिएका थिए। सन् २००६ मा मिस टिनको ताज पहिरिएकी खुस्बु मोडलिङ र समाजसेवामा सक्रिय थिइन्।

 


 

More form the Internet

loading...