Suvadin, Home

पाँचथर हत्याकाण्ड: मृतकहरुको दुई स्थानमा अन्त्येष्टि गरिँदै 

जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ।

पाँचथर, जेठ ९ - सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरकाअनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । 

यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ। स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चित्ता निर्माण गरिएको छ। जसका लागि दुई स्थानमा दुईवटा चित्ता निर्माण गरिएको छ।

शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफ्न्तहरु नआएकाले आफ्न्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ। उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

 


 

More form the Internet

loading...