Suvadin, Home

दैलेखमा मिनिट्रक दुर्घटना, ३ को मृत्यु

दुर्घटनाबारे पूरा विवरण आउन भने बाँकी छ। ट्रक जलेको अवस्थामा फेला परेको हुँदा ट्रक नम्बर पनि पत्ता लागेको छैन।

दैलेख, जेठ १० - कर्णाली राजमार्गको दैलेख(सुर्खेत सडकखण्डको सिमानामा शुक्रबार बिहान मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मिनि ट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रेम क्षेत्रीको टोली घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाबारे पूरा विवरण आउन भने बाँकी छ। ट्रक जलेको अवस्थामा फेला परेको हुँदा ट्रक नम्बर पनि पत्ता लागेको छैन।

मृतक तीनैजनाको पहिचान हुन नसकेको घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माले बताए।उनका अनुसार एकजना दुर्घटनास्थलमा जलेको अवस्थामा र अन्य दुईजना ट्रकभन्दा पचास मिटर तल मृत अवस्थामा फेला पारेको हो। घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माका अनुसार ट्रक सडक भन्दा झण्डै तीन सय मिटर तल खसेको छ।


 

More form the Internet

loading...