Suvadin, Home

Cover Image

८ हजार मिटर माथिको उचाइमा ज्यान गुमाउने आरोहीको संख्या १८ पुग्याे
हिमाल आरोहणबाट फर्केका दुई आरोहीको मृत्यु

काठमाडौं, जेठ १० - हिमाल आरोहरणको क्रमम शुक्रबार दुई आरोहीको मृत्यु भएको छ । चर्चित माउन्टेन गाइड ध्रुव विष्ट र निमा तेन्जिङ शेर्पाको मृत्यु भएको हो । विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका उनलाई तलतिर ल्याउन क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएको हिमालय एक्सटिसी ट्रेकका जीवन भट्टराईले जानकारी दिए । त्यस्तै अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पा मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

उनी हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी भएका थिए’ सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाले जानकारी दिए । यी दुईको मृत्युपछि यसवर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।


 

More form the Internet

loading...