Suvadin, Home

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

चालकलाई करेन्ट लागेको अवस्थामा बचाउन जाँदा जेसिबीका चालकको पनि मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा टेलर चालक नुवाकोट वेलकोटगढी मझुवाका ३५ वर्षीय विशाल तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका आमबोटेका जेसिबी चालक वीरबहादुर मगर रहेका छन् ।

हेटौडा, जेठ १३ - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कोगटे खोला नजिक गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट ईपा खानीखोला हाइड्रोपावरको निम्ति ट्रान्समिटर बोकेर जाँदै गरेको टेलर गाडीका चालक र जेसिबी चालकको करेन्ट लागेको मृत्यु भएको हो । टेलर सिस्नेरी कुइन्टार आइपुग्दा पोलको तारमा ट्रान्समिटरले छोएपछि चालक र सहचालकलाई करेन्ट लागेको थियो ।

चालकलाई करेन्ट लागेको अवस्थामा बचाउन जाँदा जेसिबीका चालकको पनि मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा टेलर चालक नुवाकोट वेलकोटगढी मझुवाका ३५ वर्षीय विशाल तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका आमबोटेका जेसिबी चालक वीरबहादुर मगर रहेका छन् ।

घाइते हुनेहरूमा तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भई ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत रहेका छन् । उनीहरूलाई उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 


 

More form the Internet

loading...