Suvadin, Home

बैंकका शुरक्षा गार्डले हाने आफ्नै पेटमा खकुरी  

प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ ।  सोमवार राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई कसैले आफुमाथि आक्रमणको प्रयास गरेको फोन गरेपछि जिल्ला प्रहरीको टोली बैंक पुगेको थियो । 

दैलेख, जेठ १४ -  दैलेखको सदरमुकामस्थित मेगा बैंकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् । दैलेखको नौमुले गाउँपालिका - ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले  जानकारी दिए ।   

प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ ।  सोमवार राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई कसैले आफुमाथि आक्रमणको प्रयास गरेको फोन गरेपछि जिल्ला प्रहरीको टोली बैंक पुगेको थियो । 

त्यहाँ केही नभएको पाएपछि प्रहरी फर्केलगत्तै गार्डले आफैँलाई खुकुरी रोपेर हत्याको प्रयास गरेको बताइएको छ ।  आफुले सुरक्षार्थ भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भएको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए । 


 

More form the Internet

loading...