Suvadin, Home

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

मृत्यु हुनेहरुको सनाखत भएको छैन ।घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ।

काठमाडौं, २४ माघ- सिन्धुलीको फिकल गाउँपालिका-२ चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुको सनाखत भएको छैन ।घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...