Suvadin, Home

बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, १८ घाइते

नवलपुर, जेठ १६ - पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

मृतकको सनाखत भएको छैन । बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 


 

More form the Internet

loading...