Suvadin, Home

 रेलले किच्दा भारतमा दुई नेपालीको मृत्यु

आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन्। उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। 

झापा, जेठ २० - झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको छ। शनिबार बिहान ११ बजे  भारतको बाघपुल नजिक उनीहरुलाई  रेलले किचेको हो । आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन्। उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। 

खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए। शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो। 

इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो। 

मृतकहरुको भारतको सिलीगुढीस्थित एक मेडिकल कलेजमा पोस्टमार्टम भएको छ। पोस्टमार्टमपछि भारतीय प्रहरीले आइतबार नै कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको मृतकका दाजु खेमराजले बताए।
  


 

More form the Internet

loading...